हङकङमा जन्मेका बच्चा लिएर यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा!

प्रकाशित मिति
0
117

travelling

हङकङमा जन्मेका नानीहरु लिएर देश विदेश यात्रा गर्दा तपाईंहरु कतिले समस्या भोग्नुपरेको होला भने कतिले यस्तो स्थितिको सामना गर्नु नपरेको हुनसक्छ ।
कृपया जानकारी राख्नुस् र अरुलाई पनि सेयर गर्नुहोला!

हङकङमा जन्मेका बालबालिकालाई ११ वर्ष नपुगे सम्म आइडी कार्ड दिइँदैन तर उनीहरु पर्मानेन्ट रेसिडेन्टका हकदार हुन्छन् । नेपाली पासपोर्ट चलाउने हामीले
हाम्रा बालबच्चाको लागि नेपाली पासपोर्ट नै लिएका हुन्छौं । हङकङले जारी गरेको उनीहरुको बर्थ सर्टिफिकेट मात्रै बोकेर पनि हामीले नेपाल आउन जान काम चलाइरहेका छौं । तर यसो गर्दा हङकङ इमिग्रेसनमा जानकारी रुजु गर्न धेरै समय लाग्छ, र इमिग्रेसनमा धेरै समय लाग्न सक्छ । अझै मकाउ लगायत अन्य देशमा जाँदा झमेला हुनसक्छ, नानीहरुलाई भिसा नै दिइँदैन ।

त्यसैले बाबु नानीहरु लिएर यात्रा गर्दा तपाईंले दुईवटा कुराको ख्याल गर्नुपर्छ;

१. उनीहरुको जन्म दर्ताको प्रमाण पत्र (Birth Certificate)

बच्चा जन्मेको १ साल भित्र नजिकैको  जन्मदर्ता शाखाबाट यो बनाइसक्नु पर्ने हुन्छ, बच्चा जन्मेको ४२ दिन भित्र बनाएमा यो निशुल्क उपलब्ध हुन्छ ।

birth cert

२. उनीहरु हङकङमा जन्मेका हुन र पर्मानेन्ट आइ डी का हकदार छन् भन्ने प्रमाण पत्र (Eligiblity for Right of abode)
आवश्यक कागजहरुका साथ फाराम भरेपछि यो नि:शुल्क उपलब्ध हुन्छ ।
यो प्रमाण पत्र प्राप्त गर्नको लागि ROP145 नम्बरको फाराम भरेर इमिग्रेसन डिपार्टमेन्टको २५ औं तलामा बुझाउन वा हुलाक मार्फत पठाउन सकिन्छ ।
फाराम  यहाँबाट डाउनलोड  गर्न सकिन्छ।

 
३. उनीहरु हङकङ आइ डी का हकदार छन् भन्ने जनाउने स्टिकर जुन बच्चाको पासपोर्टमा टाँसिन्छ (Endorsement label for Travelling) बच्चाको पासपोर्ट र १ नम्बरको कागजातको साथ २ सय डलर शुल्क तिरेर यो पाउन सकिन्छ ।
यो स्टिकर प्राप्त गर्नको लागि ROP145 नम्बरको फाराम भरेर इमिग्रेसन डिपार्टमेन्टको २५ औं तलामा बुझाउन सकिन्छ । कारणवश बच्चाको पासपोर्ट फेर्नु परेको खण्डमा अर्को पासपोर्टमा सार्न ५ औं तलामा गएर फाराम भरी नयाँ स्टिकर लिनुपर्ने हुन्छ ।

endorsement cert

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here