हङकङमा जताततै लेनन वाल..

प्रकाशित मिति
0
1025

हङकङका आन्दोलनकारीहरुले विरोधको नयाँ स्वरुप अवलम्बन गरेका छन् ।

जोन लेननको हत्यापछि प्रागमा उनको स्मृतिमा एउटा पर्खालमा बिटल्सका गीत र उनको चित्र सन १९८० मा कोरिएको थियो ।
सरकारले त्यसलाई पूँजीवादी प्रवृत्ति भन्दै मेटाउने कोशिस गरिरहे पनि प्रशंसकहरुले पर्खालमा लेखी नै रहे ।
कालान्तरमा गएर “प्रेम र शान्ति”को प्रतीक मानिन पुगेको “लेनन वाल” लाई प्रेरणा स्रोत मानेर हङकङे आन्दोलनकारीहरुले सन २०१४ को अकुपाई सेन्ट्रल आन्दोलनकको क्रममा
हङकङका विभिन्न ठाउँमा ‘लेनन वाल’ खडा गर्दै सरकार विरुध्द नारा लेख्ने, एकताको आव्हान गर्ने जस्ता सन्देशहरु लेखेर टाँस्ने गरेका थिए ।
हालैको प्रस्तावित सुपुर्दगी कानुन आन्दोलनमा त्यो काम फेरि लोकप्रिय बनेको छ ।

“नानु, यो तिम्रो सुरक्षित भविष्यको लागि ल”

आन्दोलनकारीहरुले एडमर्ल्टी, सिउ साइ वान, काउलुन बे, चुन वान, सेक लेई, तिन सु वाई, शातिन आदि ठाउँहरुमा ‘लेनन वाल’ खडा गरेका छन् ।
हिंजो बुधबार ताइ पो को सब वे मा बनाइएको लेनन वालमा मध्यराति सादा पोशाकका प्रहरीको समूह गएर केही पोस्टहरु हटाएको बताइन्छ ।
गत आइतबार मंकोकमा भएको भीडन्तमा जनतालाई भिड्न च्यालेन्ज गर्ने पुलिस जवानको ब्यक्तिगत विवरणहरु त्यहाँ टाँसिएकाले पुलिसले
ती पोस्टहरु मात्रै छानेर हटाएको बताइन्छ ।

यस बीचमा क्यारी लामले प्रस्तावित सुपुर्दगी कानुन मृत भइसकेको भन्दै निःशर्त वार्तामा आउन आन्दोलनकारीहरुलाई आग्रह गरेकी छिन् तर
पक्राउ परेका आन्दोलनकारीहरुको रिहाई र खुल्ला मंचमा वार्ता हुनुपर्ने शर्त विद्यार्थीहरुको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here