हङकङमा आन्दोलन जारी छ…

प्रकाशित मिति
0
839
एडमर्ल्टीको अनशन

प्रस्तावित सुपुर्दगीको पूर्ण खारेजीको लागि एडमर्ल्टी सेन्टरमा अनशनको क्रम जारी छ ।

३ दिन देखि चलिरहेको अनशन कार्यक्रममा हाल सहभागीको संख्या ६ जना पुगेको बताइन्छ । एक वयोवृध्दको अनशन ४० घन्टामा चलिरहेको बताइन्छ भने एक रिटायर्ड सामाजिक कार्यकर्ताले ४ दिनको अनशन गर्ने लक्ष्य लिएको बताएका छन् ।

पुलिस लगायत आम जनताले आफ्नो स्वस्थ स्थितिबारे चासो राखेर सोध्ने गरेकोले आफ्नो हौसला बढेको उनीहरुले बताएका छन् । युवाहरुलाई आत्मदाहको विकल्पमा अनशन गरेर पनि सरकारलाई दबाब दिन सकिने उनीहरुको भनाइँ रहेको छ । प्रस्तावित सुपुर्दगीको विरुध्दमा भन्दै हालसम्म ३ युवाले ज्यान दिइसकेका छन् ।

उता पुलिस भने तोडफोडमा संग्लग्न आन्दोलनकारीहरुलाई समाउन र प्रहरीको मनोबल उकास्न लागिपरेको छ । आन्दोलनको दौरान तोडफोड र प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा अकुपाई मंकोक आन्दोलनमा ‘आन्दोलन चित्रकार’को उपनामले चर्चित पुन हो चिउ लाई समाएर मुध्दा दायर गरेका छन् । पुनले प्रहरी हिरासतमा आफूमाथि प्रहरीले दुर्ब्यवहार गर्नुको साथै चीन पुर्‍याइदिने धम्की दिएको बताएका छन् ।

“पुलिसले साह्रै दुःख दिए” – आन्दोलन चित्रकार

हङकङको समाज हाल प्रहरी पक्ष र आन्दोलनकारी पक्षमा ध्रुवीकरण भएको छ । कति ब्यापारीले प्रहरीको समर्थनमा जुलुस निकाल्दै प्रहरीलाई नगद पुरस्कारको समेत घोषणा गरेका छन् । कतै भने प्रहरीको पक्षमा बोलेको भन्दै कलाकारलाई बहिष्कार गर्ने र सिडीहरु जलाउने काम समेत जनताले गरेका छन् ।

हङकङ प्रमुख क्यारी लामले विद्यार्थी संगठनहरुलाई गरेको वार्ताको आव्हान विद्यार्थीहरुले अस्वीकार गरेका छन् । बन्द कोठामा वार्ता नगर्ने भन्दै उनीहरुले प्रस्ताव अस्वीकार गरेका हुन् । वार्ता जनसहभागिताको साथ हलमा गरिनु पर्ने र प्रस्तावित सुपुर्दगी पूर्ण खारेजीको घोषणा गरिनु पर्ने उनीहरुको माग रहेको छ ।

विद्यार्थी संगठनका नेताहरु

यसै क्रममा यो आइतबार काउलुन चिम सा चुईमा विरोध जुलुसको आव्हान गरिएको छ ।

एउटा राम्रो कुरा के भने हङकङमा आन्दोलन हड्तालको कार्यक्रम आयोजना छुट्टीको दिन गर्ने गरिन्छ, हाम्रोमा चैं केही कुरामा चित्त बुझेन कि ‘नेपाल बन्द!’, हगि!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here