हङकङमा आङकाजीले भने ‍- ‘हामी बाहुन क्षेत्री विरोधी होइनौं’

प्रकाशित मिति
0
55

मार्च ३१ हङकङ । नेपाल आदिबासी जनजाती महासङघका पूर्ब महासचिव आङ्काजी शेर्पाले जोर्डन स्थित ब्लू ओसन रेस्टुरेन्टमा सम्पन्न नेपाल आदिबासी जनजाती युवा सङ्घ हङकङ्को दोश्रो अधिवेशन पछि घोषणासभाको प्रमुख अथितिको आसनबाट सभालाई सम्बोधन गरेका थिए।

नेपाली आदिबासी जनजाति अभियन्ता तथा नेता शेर्पाले सामाजिक न्याय, समतामूलक समाज निर्माणको लागि आबश्यक परे आदिबासि जनजातिले बलिदान दिन तयार हुनुपर्ने बताए । सम्बोधनको क्रममा पूर्ब मेची देखि पश्चिम महाकाली सम्मका गाउँ बस्ती र शहर सबैका संरचना समाबेशी हुने तर सिहदरबार किन समाबेशी नहुने? उनले प्रश्न गरे । “हामी सत्ताधारीहरुको उचाई – मोटाई काटेर आदिबासिहरुको आकार बढाउने अभियानमा छैनौ ,हामी बाहुन क्षेत्री बिरोधी पनि होइनौ ,बरु नेपालका सबै जातजातिलाई समान बनाउने अभियानमा छौं। ”

उनले अगाडि भने नेपालका आदिबासी जनातिहरु क्षमता नभएर हारेका होइनन हराउने नियम बनाएकोले हारेका हुन भन्दै” अन्धा र आँखा देख्ने बिच आखा खोलेर दगुरायो भने आँखा देख्नेले जित्छ, नियम परिबर्तन गरेर दुई जनालाई आखामा पट्टि बाधेर कुदाएमा अवश्य अन्धोले जित्छ ” । नेपाल सरकारले युगौदेखी अन्धा र सद्दे आँखाबिच पट्टि नलागाई कुदाएर हराए जस्तै हराउदै जनजातिको क्षमतामा खोट लाउने काम गरिरहेको बताए । राणा शासनको जातीय बिभेदकारी कानूनको उदाहरण दिँदै मृत्यु दण्ड पाउनुपर्ने टंकप्रसाद आचार्यलाई बाहुन भएकै कारण मर्न नपरेको तर गङ्गालाल लगायत गैर बाहुनलाई फाँसी दिएको स्मरण गराए । यस्ता बिभेदकारी कानुन तथा सत्ताधारीहरुको बिगत सयौ वर्षदेखिको आदिवासी जनाजातिहरुमा गरिएको ब्यवहारको समष्टी योगफल आजको जनजातिहरुको अवस्था भएको बताए । विभेदकारी कानून नेपालमा आजसम्म पनि विद्यमान रहेको जानकारी गराए।

यो भन्दा अगाडि विजयप्रकश बखिम लिम्बूको नेतृत्वमा गटित नव निर्वाचित २१ सदस्यिय नेपाल आदिवासी जनजाती युवासङघ हङकङ कार्यसमितिलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई,एन आर एन हङकङका अध्यक्ष,टीका गुरुङ,हङकङ नेपाली महासङघका अध्यक्ष टङक राना लगायत जातीय सन्स्थाका अध्यक्षहरुले नया कार्य समितिलाई सुभकामना र बधाई दिएका थिए ।

कार्यक्रमको बिचमा अम्लारी लिम्बूको एकल लिम्बू नृत्य र एक सामूहिक कौडा नृत्य देखाईएको थियो ।यो कार्यक्रम अगाडि नेपाल आदिवासी जनजाती युवासङघको दोश्रो अधिवेशन सम्पन्न गर्न भुपेन्द्र चेम्जोङको अध्यक्षतामा गठित ,एमबि थापा मगर र किसन राई सदस्य रहेको ३ सदस्यिय अध्यक्ष मण्डलले नवगठित युवासङघका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा र सपथ गराएको थियो ।
लगतै सोही स्थानमा नेता शेर्पाले किरात याक्थुङ चुम्लुङ हङकङद्वारा अयोजित समावेशी गायक तिलक सोमै मगरको “फेरेना तरेमे” नामको लिम्बू नेपाली भाषाको म्युजिक भिडियो विमोचन कार्यक्रमलाई पनि प्रमुख अतिथ्य गरेका थिए । विमोचन कार्यक्रमको अध्यक्षता चुम्लुङ अध्यक्ष कमल कुमारी लिम्बू(असली वनेम)गरेका थिए ।

 

साभारः भुपेन्द्र चेम्जोङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here