हङकङमा अध्ययनरत दुई किशोरीहरुलाई लागु औंषध अभियोग

0
4

drugs

वाइ एम सि ए तुङचुङ हङकङमा अध्ययनरत दुई किशोरीहरुलाई लागु औंषध अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ ।

१८ वर्षीया क्रोसियन मूलकी डोरा र १७ वर्षीया अङग्रेज मूलकी नताशालाई गत साल नोभेम्बरमा भएको खेलकुद दिवसको दिन केकमा गाँजा मिसाई बेचेको अभियोग छ ।

एक शिक्षकले उनीहरुको उक्त कुरा थाहा पाई प्रहरीलाई सूचित गर्दा प्रहरीले २७ केकहरु जफत गरेको थियो । परीक्षण गर्दा ती केकहरुमा जम्मा ०.३८ किलो गाँजा भेटिएको थियो । अभियुक्तहरु मध्ये डोराले अपराध स्वीकार गरिसकेकी छिन् भने नताशाले इन्कार गरेकी छिन् । डोरालाई डिसेम्बर ७ को दिन सजाय तोकिनेछ भने नताशाको सुनुवाइ अक्टोबर २९ तारीखमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here