हङकङको सडकमा फेरि पैसाको वर्षा

प्रकाशित मिति
0
144

hkd

हिंजो चिङ लोङ हाइवेमा त्यस्तै घटनाको पुनरावृत्ति भएको छ । ताइलाम टनल भन्दा १ किलोमिटर पर सडकमा पैसा छरिरइरहेको देखेर बिहान साढे नौ बजे एक मोटर चालकले पुलिसलाई खबर गरे । पुलिसले घटनास्थलमा पुगी त्यस सडक खण्डलाई बारी १०,२०,१००,५०० का २ सय नोट गरेर ९ हजार डलर संकलन गर्‍यो ।

सिसिटिभी अनुसन्धानमा पुलिसले एक सेतो कारबाट पैसा खसेको पत्तो लगाएको छ भने १० मिनेट गाडी रोकेर एक ट्रक ड्राइभरले पैसा बटुलेको पनि बताएको छ ।

पैसा छर्ने र बटुल्ने दुवै चालकलाई पुलिसले खोजी गरिरहेको छ । नियतवश हो या दुर्घटनावश त्यसरी पैसा छर्ने ब्यक्तिले हालसम्म पुलिस रिपोर्ट नगर्नुलाई अनौठो मानिएको छ ।

 

पक्कै तपाईंलाई सन २०१४ को क्रिसमस साँझको वान्चाईको घटना याद आयो होला । त्यस समय एक बैंकको पैसा संकलन गर्ने गाडीले ब्यस्त सडकमा १५ मिलियन डलर खसाएको थियो, जसमध्ये पुलिसले ८ मिलियन मात्रै फिर्ता गराउन सफल भएको थियो । पैसा बटुल्ने ८ जनालाई चोरीको अभियोगमा कानुनी कार्यवाही गरिएको थियो । त्यस बेलाको भिडियो हेर्नुस्,

https://www.youtube.com/watch?v=WuwdsyOchqo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here