हङकङको मामिलामा ट्रम्पको ढुलमुले नीति..

प्रकाशित मिति
0
2377

हङकङको मामिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ढुलमुले प्रवृत्ति दर्शाएका छन् ।

भर्खरै संपन्न जिल्ला परिषदको निर्वाचनमा लोकतान्त्रिक पक्षले बेइजिङ पक्षधरलाई नराम्ररी हराएको सन्दर्भमा पत्रकारले प्रश्न गर्दा उनले राष्ट्रपति सि जिन पिन उनको असल मित्र भएको र दुई देशबीच चलिरहेको ब्यापारिक युध्द सहमति नजिक पुगेको बताउँदै हङकङको समस्या उनले चाँडै हल गर्ने विश्वास ब्यक्त गरे । आफूले चीनलाई नसंझाएको भए १४ मिनेट भित्र चीनले हङकङलाई तहस नहस पारिदिने कथन उनले केही दिन पहिले गरेका थिए ।

हङकङमा लोकतन्त्रको सुनिश्चितता बारे कानुन दुवै सदनबाट लगभग सर्वसम्मत रुपमा पास भएर हाल स्वीकृतिको लागि ट्रम्पको टेबलमा पुगेको छ । यो कानुन लागू भएमा अमेरिकाले हङकङलाई दिई आएको ब्यापारिक छूट खारेज गर्नुको साथै मानव अधिकारको हनन गर्नेलाई अमेरिका प्रवेशमा रोक लगाउनु सक्नेछ ।

हङकङको आन्दोलनलाई कहिले लोकतन्त्रको नैसर्गिक माग त कहिले दंगा भनेर टिप्पणी गर्ने ट्रम्पको कार्यालयमा विचाराधीन रहेको प्रस्तावित कानुनलाई पास गरेर ट्रम्प चीनलाई चिढ्याउन चाहिरहेका छैनन, १६ महिनादेखि चलिरहेको ब्यापार युध्दलाई साम्य पार्न उनले यसलाई भिटो लगाएर खारेज गरे भने अचम्मित हुनु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here