हङकङको एयरपोर्टमा लगेजको बिजोग!

0
6

हङकङको एयरपोर्टमा यात्रुहरुको लगेज कामदारहरुले लापर्वाहीका साथ अवतरण गर्दै गरेको भिडियो गत केही दिन देखि भाइरल भएको छ ।

२७ सेप्टेम्बरमा जियामेनबाट हङकङ आएको क्याथे प्यासिफिक एयरलाइन्सको फ्लाईटको यात्रीहरुको सामान कन्भेयर बेल्टबाट गाडीमा हाल्दै गर्दा मार्सेला वाकर नाम गरेकी महिलाले उक्त भिडियो
खिचेकी थिइन् । उनले त्यो भिडियो फेसबुकमा राखेपछि भाइरल बन्यो । काममा खटेका कामदारहरुले हङकङ एयरपोर्ट सर्भिसेज् कम्पनीको युनिफर्म लगाएको बताइन्छ , उक्त कम्पनी क्याथे प्यासिफिकको
स्वामित्वमा रहेको बताइन्छ । उक्त घटनाको प्रतिक्रियामा हङकङ एयरपोर्ट सर्भिसेज् कम्पनीका प्रवक्ताले यस घटनाबारे आफूहरुको ध्यानाकर्षण भएको र घटनाबारे स्पष्टिकरणको लागि ठेक्का दिइएको कम्पनीसँग
माग गरिएको बताइन्छ ।

अब अचेल युनिफर्म एउटा कम्पनीले दिने, तलब-सुविधा अर्को कम्पनीले दिने प्रचलन हङकङमा ब्यापक छँदैछ, अनि कामको गुणस्तरमा यस्तो हुनु ,टाउको हालाहाल हुनु के अस्वाभाविक भयो र, हगि?

https://www.youtube.com/watch?v=CN0oMaI3QHs

यस्तै काम जापानमा तल देखाए जसरी मज्जाले गरिन्छ, नेपालमा कसरी गरिन्छ होला ,  संझिदाखेरि पनि  ‘झस्केर दुख्छ यो मुटु मेरो’ भइहाल्छ, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here