हङकङको आन्दोलनमा नेपाली चासो र चिन्ता – रबिन राई

प्रकाशित मिति
0
1325

“तिमी यो कानुनको पक्ष कि विपक्षमा?” मैले खाजा खाँदै गर्दा मेरो चिनियाँ सहकर्मीलाई सोधेँ ।
“सुपुर्दगी कानुन विश्वको कुनै पनि देशसँग गर्दा आपत्ति छैन तर चाइनासँग गर्नु हुँदैन “, उसले भन्यो ।
“यसले त अपराधीहरुलाई मात्रै सुपुर्दगी गर्ने भनेको छ त? यसले तिमी हामी जस्तो सर्वसाधारणलाइ के असर पार्छ र?”
“तिमीलाई मलाई अपराधी बनाउन चाइनालाई कुनै आइतबार कुर्नु पर्दैन”
प्रस्तावित सुपुर्दगी कानुन सम्बन्धी गफ गर्दा केभिनले भन्यो ।

केभिनले आम हङकङेको प्रतिनिधि गर्दछ , मलाई उसको कुरामा सच्चाइँ छ कि भने जस्तो लाग्यो, केही समय अगाडि चीनीयाँ नेतहारुको विरुध्द पुस्तक प्रकाशन गरेको भन्दै गायब गरिएका
पुस्तक प्रकाशकहरुलाई पनि एक्सिडेन्ट गरेर भागेको भन्दै सार्वजनिक मुध्दा लगाइएको थियो । हङकङ असुरक्षित रहेको भन्दै उनीहरु
सदाको लागि हङकङ छोडेर ताइवान भास्सिइसकेका छन् ।

हङकङे केटाले आफ्नी गर्लफ्रेन्डलाई ताइवानमा लगेर हत्या गरी आफू हङकङ फर्केपछि उसलाई कानुनी सजाय दिलाउन ताइवान सरकारलाई
बुझाउन नियमले नमिलेबाट यो सुपुर्दगी कानुन प्रस्ताव गरिएको हो । ताइवान र मकाउसँग मात्रै सुपुर्दगी गर्ने/गराउने भनिएको भए यो झमेला
हुन्न थियो होला तर सरकारको भित्री उद्देश्य चीनसँगै सुपुर्दगी गराउने जस्तो देखिन्छ । चिनियाँ सैनिकहरुलाई आउने बाटो खोलिदिने भनिएको
सुरक्षा सम्बन्धी आर्टिकल २३ को विरोधमा ५ लाख मान्छे सडकमा उत्रिँदा तत्कालिन प्रमुख तुङ चि वा ले २००३ मा राजीनामा दिएका थिए जुन हालसम्म स्थगित छ ।
यता क्यारी लाम १० लाख बढी मानिस सडकमा आउँदा पनि प्रस्तावित सुपुर्दगी नियमलाई स्थगन नगर्ने र राजीनामा पनि नदिने अडानमा छिन् ।

फेरि यसैबेला क्यारी लाम र उनको पतिलाई ज्यान हमला गर्ने धम्की पनि दिइएको सरकारी स्रोतले उल्लेख गरेको छ । जसले गर्दा आफूलाई चीन
सुपुर्दगी गरिन्छ कि भन्ने अपराधीहरुको चासो यो कानुनप्रति रहेको देखिन्छ । मकाउमा जेल सजाय सुनाइएका हङकङका बिज्नेस टाइकुन जोसेफ लाउले त
सरकारलाई मुध्दा दायर समेत गरेका थिए । फेरि कसबाट के आश्वसन पाए कुन्नि उनले मुद्दा फिर्ता गरेका छन् ।

नेपाली चिन्ता र चासो

त्यसो त राजनैतिक गतिविधि या अपराधमा संग्लन नभए नेपालीहरुलाई असर नपर्ला भन्न सकिन्छ ।
चीन सुपुर्दगी कानुन आएपछि हङकङमा असुरक्षाका कारण दर्शाई धेरै विदेशीहरु र विदेशी कम्पनीहरुले ब्यवसाय नगर्ने धेरै संभावना रहेको बताइन्छ जसले गर्दा हङकङको इकोनोमीमा प्रतिकुल असर पार्ने विज्ञहरुको अनुमान छ । त्यसले नेपालीहरुको रोजगारी र आय आर्जनमा अप्रत्यक्ष असर त पर्ला नै !

हामी मध्ये कतिलाई कानुन ल्याएको मन पर्ला कतिलाई मन नपर्ला तर त्यो भन्दा महत्वपूर्ण सवाल के हो भने सरकारको हठप्रति हङकङका नागरिकहरु भावनात्मक रुपमा उद्वेलित भइरहेको यो बेला गैर जिम्मेवारीपूर्ण अभिब्यक्ति दिँदै हिंड्नु भनेको यहाँ बसोबास गर्ने संपूर्ण नेपालीहरुको सुरक्षालाई खतरामा पुर्‍याउनु हो । उदाहरणको लागि हालै भएको इन्डोनेशियाको चुनावमा प्रतिपक्षी दलले झिनो मतले हारेपछि आन्दोलनमा उत्रिँदा चिनियाँ पुलिसले गोलाबारी गरेको भन्दै त्यहाँका अल्पसंख्यक चिनियाँहरुको सुरक्षाको चिन्ता बढेर गएको थियो । यो घटनाले सन १९९८ को सुहार्तो कालीन समय सबैलाई ताजा गराएको थियो, जसमा सुहार्तो सरकारको समर्थन गरेको भन्दै स्थानीय इन्डोनेशियालीहरुले १ हजार चिनियाँलाई मारेका थिए पनि १६८ महिला बलात्कृत भएका थिए । के कुनै नेपालीको गैर जिम्मेवारीपूर्ण कार्यले यस्तै स्थिति यहाँ नहोला त?

‘यिनेरुलाई चीन लगेर जिउँदै बोरामा हालेर पर्ल रिभरमा फाल्नुपर्ने!’
‘तिमेरुलाई तियानमेन स्क्वेयर अब यहीँ घटाइदिन्छ चीनले , हेरिराख’
सजिलै गुगल ट्रान्स्लेट गरेर पढ्न सकिने बेलामा यस्ता अभिब्यक्तिहरु सामाजिक संजालमा राख्दा आन्दोलित स्थानीयहरु संपूर्ण नेपाली समुदाय प्रति नै क्रुध्द नहोलान र?

हङकङका राजनैतिक मुध्दामा चासो राख्नु, अध्ययन र ज्ञान बढाउनु र भावी घटनाहरुप्रति सचेत हुनु बेस हो तर हामी हङकङमा अल्पसंख्यक हौं भन्ने बुझेर स्थानीय सरकारप्रति वा विपक्षीप्रति निकृष्ट र आपत्तिजनक अभिब्यक्ति वा कार्य गर्दा हाम्रो सामाजिक सुरक्षा र भविष्य नै संकटमा नपर्ला भन्न सकिन्न । कृपया सचेत होऊँ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here