हङकङका स्टारहरुको ट्याक्सीमा प्रेमालाप भिडियो भाइरल..

0
13

हङकङका चर्चित गायक एन्डी हुङ र टिभीबि अभिनेत्री जेक्लिन वोङको Uber ट्याक्सीमा प्रेमालाप भिडियो भाइरल भएपछि हङकङ यातायात विभागले ट्याक्सीमा क्यामेरा को प्रयोग सम्बन्धी नियम आज जारी गरेको बताइन्छ । गाडीमा सुरक्षाको लागि राखिने त्यस प्रकारको क्यामेरामा दृश्य मात्रै
रेकर्डिङ गर्न पाइने, साउन्ड रेकर्डिङ गर्न नपाइने प्रावधान जारी गरिएको छ ।

मशहुर गायक एन्डी हुङ र टिभीबि अभिनेत्री जेक्लिन वोङको १६ मिनेट लामो भिडियो फुटेज हिंजो एपल डेलीले प्रकाशमा ल्याएको थियो ।
५१ वर्षे एन्डी हुई अर्की चर्चित गायिका स्यामी चेङको श्रीमान रहेको बताइन्छ भने ३० वर्षीया जेक्लिन अभिनेता केनेथ मासँग यसै साल विवाह
बन्धनमा बाँधिन लागेको बताइन्छ ।

दुई प्रेमालापमा संग्लग्न जोडी त अनावश्यक विवादमा परे नै, उनीहरुको नीजि गोप्य सूचना चुहाएको अभियोगमा ट्याक्सी चालक कानुनी कार्यवाहीमा पर्ने अनुमान गरिएको छ । सन २००६ मा गायक एडिसन चेनको ल्यापटप बनाउने प्राविधिकले उनका यौन क्रियाकलापका फोटोहरु चोरेर प्रकाशमा ल्याएपछि अभियुक्त प्राविधिकलाई साढे ८ महिना जेल
सजाय दिइएको थियो ।

 

https://www.youtube.com/watch?v=x57FhlefQTA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here