हङकङका पूर्व प्रमुख डोनाल्ड चाङलाई २० महिनाको जेल…

प्रकाशित मिति
0
142

donald tsang2

हङकङका पूर्व प्रमुख डोनाल्ड चाङलाई अन्तत: २० महिनाको जेल सजाय सुनाइएको छ ।

प्रमुख न्यायधीश एन्ड्रयु चानले सजाय सुनाउँदै अफसोस ब्यक्त गरे,”मैले आफ्नो क्यारियरमा यस्तो उचाईँबाट गिर्ने पहिलो ब्यक्ति देखेँ ।”

सजाय सुनेर ७२ वर्षे डोनाल्डले आँखा चिम्ले भने लगभग ५० वर्ष उनको साथ दिएकी सेलिना र परिवारजन शोकाकुल भए ।लामो समय सरकारी सेवामा रहेर जनसेवा गरेको भनी उनको सजाय ३० महिनाबाट कटौती गरी २० महिना पारिएको न्यायधीशले बताए ।

सन २०१०-१२ बीचमा हङकङको चीफ एक्जिक्युटिभ छँदा डि बि सि रेडियोका मालिक बिल वोङको सेन्जेन स्थित घर अपारदर्शी ढंगमा भाडामा लिएको र त्यस वापत उनले वोङलाई रेडियो प्रसारणको लाइसेन्स दिलाएको भन्ने आरोपमा दोषी रहेको निर्णय दिएको हो । डोनाल्ड पत्नी सेलिनाले यस फैसलाको विरुध्दमा अपील गर्ने बताएकी छिन् ।

४५ वर्ष सरकारी सेवा गरेका र २ कार्यकाल हङकङ प्रमुखको भूमिका निर्वाह गरेका चाङ  जस्तो मान्छे पनि सानो लोभका कारण दुर्नामको खाल्डोमा जाकिए, हत्तेरी!

selina
डोनाल्ड पत्नी र छोराहरु

 

source: scmp

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here