हङकङका आन्दोलनकारीले किन बोके अमेरिकी झन्डा र बोलाए ट्रम्पलाई?

प्रकाशित मिति
0
3169

हिंजो आइतबार आन्दोलनको १४ औं हप्ता हजारौं आन्दोलनकारीहरुले अमेरिकी झन्डा लहराउँदै अमेरिकी दूतावासमा धर्ना दिए । आन्दोलनमा समर्थन गर्न अमेरिकी सरकारलाई उनीहरुको माग रहेको थियो । अमेरिकी सदनमा पनि हङकङलाई लिएर चर्चा चलिरहेकैछ, सभामुख न्यान्सी पेलोसीले Hong Kong Human Rights and Democracy Act माथि कार्यवाही भइरहेको बताएकी छिन् । हङकङमा प्रस्तावित सुपुर्दगी कानुन पास भएको हेर्न नचाहने हङकङका आन्दोलनकारी Hong Kong Human Rights and Democracy Act भने चाँडो भन्दा चाँडो पास भएको हेर्न चाहन्छन् ।

Hong Kong Human Rights and Democracy Act के हो?

सन २०१५ मा हङकङका ५ जना पुस्तक बिक्रेतालाई चीनले पक्राउ गरेर गायब पारेपछि पहिलोपटक यस्तो विधानको प्रस्ताव गरिएको थियो । अमेरिकाको सदनमा अमेरिकी सांसद मार्क रुबियो र टम कटनले हङकङमा नागरिक अधिकार सम्बन्धी प्रस्ताव गरेपिछि सन २०१७ सालदेखि वार्षिक छलफल भई आएको छ ।

यस साल जुनमा उक्त प्रस्तावलाई अमेरिकी सत्तापक्षी र विपक्षी दुवै दलका प्रभावशाली नेताहरुले पुनः उठाएका छन् । उक्त विधेयक पास भएमा हङकङमा चीनको हस्तक्षेपलाई अध्ययन गरी हङकङलाई सन १९९२ देखि दिई आएको ब्यापार सुविधाहरु अमेरिकाले हटाउन सक्नेछ । सन १९९२ मा हङकङलाई स्वशासित क्षेत्रको अस्तित्व स्वीकार्दै अमेरिकाले विविध सुविधा दिई आएको छ, जस्तो कि हङकङले अमेरिकाबाट अत्याधुनिक र संवेदनशील प्रविधि-उपकरणहरु भित्र्याउन पाउँछ जुन चीनले किन्न चाहे पनि बेचिँदैन ।

त्यसबाहेक हङकङमा र चीनमा मानव अधिकार हननमा संग्लन ब्यक्तिहरुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउन सक्नेछ, उनीहरुको अमेरिकामा रहेका सम्पति फ्रिज गर्न सक्नेछ । त्यसको असर हङकङका सरकारमा, प्रहरीमा। ब्यापारमा पावरवाला पोस्ट सम्हालेका ब्यक्तिहरु माथि पर्न सक्नेछ । त्यसाखाले कार्यवाही गर्न पनि आन्दोलनकारीहरुले अपील गर्दै आएका छन् ।

हरेक साल हङकङमा लोकतन्त्र रहे नरहेको विश्लेषण गर्नको लागि हङकङको स्वायत्तता जाँच गरिनेछ, त्यसैको आधारमा हङकङलाई स्वशासित क्षेत्रको सुविधा दिन/नदिने अमेरिकाले निर्णय गर्नेछ । स्वायत्त शहर नरहेको निष्कर्ष निकालिएमा हङकङको पासपोर्ट, मुद्रा लाई मान्यता नदिने कदम पनि चाल्न सक्छ ।

कस्तो असर पर्छ?

यदि यो बिल पास भएमा ब्यापारिक हिसाबले हङकङको विशेष अस्तित्व रहने छैन, अमेरिकाको लागि यो कुनै अरु चिनियाँ शहर जस्तै मात्रै रहनेछ । हङकङ एसियाको मोति कहलिनुको कारण यहाँबाट चीनसँग र चीनले यहाँबाट विश्वसँग गर्न सक्ने ब्यापारै हो । ठूला कम्पनीहरुलाई चाहिने विशेष प्रविधिहरु अमेरिकाले हङकङमा आयात गर्न नदिए उनीहरु हङकङबाट पलायन हुनेछन् जसले अर्थतन्त्रमा खराब असर पर्नेछ । उसै पनि हङकङको राजनीतिक अस्थिरताले गर्दा ठूला कम्पनीहरुले हङकङको सट्टा सिंगापुरलाई आफ्नो ब्यापारिक केन्द्रको रुपमा रोज्दै आइरहेका छन् ।

त्यसो त Hong Kong Human Rights and Democracy Act लागू भएमा साना ब्यापारी र दैनिक उपभोगका वस्तुहरुको आयातमा असर नपर्ने अनुमान गरिएको छ । तर ठूला कम्पनीहरुको उठिबास हङकङबाट भए रोजगारीका अवसर कम होला । फेरि एक चीन नीतिलाई अंगीकार गर्दै हाल अमेरिका-चीन ब्यापार युध्दको दौरान चीनमाथि कर माथि कर बढाए जस्तै कर नीति लागू गर्न पनि सक्नेछ । हाल चलिरहेको ब्यापार युध्दमा अमेरिकाले चीनबाट आउने ३६० बिलियन डलरका सामानहरुमा कर लगाएको छ भने प्रत्युत्तरमा चीनले पनि ११० बिलियन डलरको सामानहरुमा कर लगाएको छ । यी करहरु दैनिक उपभोगका वस्तुहरुमा पनि लागू गरिएका छन् ,त्यसो भएमा महँगीले आकाश नछोला भन्न सकिन्न ।

त्यसैले आन्दोलनकारीका बाँकी ४ मागप्रति असंवेदनशील सरकारलाई दबाब दिन Hong Kong Human Rights and Democracy Act लागू गर्न ट्रम्पलाई आव्हान गर्दै हङकङ आन्दोलनमा आन्दोलनकारीहरुले अमेरिकी झन्डा फहराएका हुन् । हङकङको घुमाउरो बाटो चीनमा बजार बनाइरहेका अमेरिकीहरुले अवश्य पनि त्यो लागू गरिएमा आफूलाई कस्तो नाफा/घाटा हुन्छ त्यो सोँचेर मात्रै अघि बढ्नेछन् ।

आन्दोलनकारीहरु भने आफ्नो लोकतान्त्रिक अधिकार प्राप्तिको मागलाई सर्वोपरी मानेर “यदि हामी जल्यौं भने तिमीहरु पनि जल्नेछौ” भनेर नारा लगाइरहेका छन् । तर सबै एकसाथ जल्न हङकङ जलेर मात्रै नपुग्ने रहेछ, हाम्रो देशका नेताहरुले जस्तै हङकङका ठूलाठालुहरुले छोराछोरी, लगानी र संपतिहरु अमेरिकातिर सुरक्षित गरेका रहेछन् क्या! त्यसो र उतातिर पनि आगो लाउन खोजेका रहेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here