स्वास्नीको हत्या गरेर आत्महत्या गर्न खोज्नेलाई बचाइयो..

प्रकाशित मिति
0
159

suspected wife killer

हिंजो आइतबार भिक्टोरिया हार्बरमा हाम्फालेर आत्महत्या गर्नु खोज्ने ६० वर्षे ब्यक्तिलाई उध्दार गरिएको छ । पुलिसले उनलाई उध्दार गरी उनको पत्नीको हत्याको अभियोगमा पक्राउ गरेको छ ।

इन्स्योरेन्स एजेन्टको काम गर्ने ४१ वर्षे श्रीमतीलाई हो थरका ती ब्यक्तिले आपसी झगडाको क्रममा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ, वैवाहिक सम्बन्धमा कटुताका कारण उनीहरु डिभोर्स लिने स्थितिमा रहेको बुझिएको छ ।

तु का वान स्थित घरमा आमा बाबुलाई दिउँसो बाहिर निस्केकी सेकेन्डरी स्कूलमा पढ्ने छोरी मध्य रातमा घर आउँदा आमालई अचेत अवस्थामा भेट्टाएपछि उनले पुलिसलाई खबर गरेकी थिइन् , हो भने गायब भएका थिए । कोङ वा अस्पतालमा पत्नीलाई मृत घोषित गरियो । बिहानको ३ बजे तिर हुङ होमको किनाराबाट हो ले समुद्रमा हाम्फालेका थिए तर प्रत्यक्षदर्शीले पुलिस बोलाएपछि उनलाई उध्दार गरियो ।

हो ले रिसको आवेगमा स्वास्नीको हत्या त गरे  तर उनलाई  अपराधबोधले आत्महत्या गर्ने स्थितिमा पुर्‍यायो, तर भाग्य भन्नु कि दुर्भाग्य उनलाई बचाइयो, होइन त?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here