स्कूले विद्यार्थीहरुलाई प्रतिजन २५ सय डलर!

गत डिसेम्बरमा विधान परिषदको आर्थिक कमिटीले घोषणा गरे अनुसार हङकङ सरकारले विद्यार्थीहरुको सहुलियतको लागि प्रति विद्यार्थि २५०० डलर दिने घोषणा गरे बमोजिम एजुकेशन ब्युरोले आजदेखि फाराम वितरण गर्न थालेको छ । यस योजनाले लगभग ९ लाख विद्यार्थी लाभान्वित हुने बताइन्छ ।

फाराम विद्यालयहरुलाई दिइनेछ, जुन विद्यार्थीहरुको मार्फत अभिभावक समक्ष पुर्‍याइने छ ।
फाराम भरेर अभिभावकले विद्यालयलाई बुझाएपछि विद्यालयले भरेको विवरण सही भए नभएको जाँच गरी एजुकेशन ब्युरोलाई फेब्रुअरी १४ तारीख अगाडि बुझाइसक्नु पर्नेछ ।
फाराम प्राप्त भएको ६ हप्ता भित्र ब्युरोले अभिभावकको एकाउन्टमा रकम ट्रान्सफर गरिदिने बताइएको छ ।

भनेपछि तपाईंको परिवारमा विद्यार्थीहरु छन् भने ढिलोमा मार्च महिनासम्म रकम प्रति विद्यार्थीको दरले तपाईंको एकाउन्टमा दाखिला हुने रहेछ । यो सुविधा हङकङका किन्डरगार्डेन, प्राइमेरी, सेकेन्डरी स्कूलहरुमा पढ्ने विद्यार्थीहरुको हकमा मात्रै लागू हुनेछ, युनिभर्सिटी पढ्नेहरुलाई होइन नि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *