स्कूले विद्यार्थीमाथि धरपकड

प्रकाशित मिति
0
1881

आज ताइ पो को कन्फुसियन ताई सिङ कलेजमा आन्दोलनको समर्थनमा ऐक्यबध्दता आव्हान गर्दै कक्षा बहिष्कार गर्दै भेला भएका करीब ६० जना विद्यार्थीमाथि पुलिसले धरपकड गरेको छ । भागाभागको क्रममा एक विद्यार्थीलाई चोट लागेको बताइन्छ ।

हिंजो कक्षा बहिष्कार गर्ने विद्यार्थीहरुलाई चेतावनी दिँदै स्कूलकी हेडमिसले हड्तालमा भाग लिए सरकारलाई आन्दोलनमा संग्लनको नामावली सरकारलाई पठाइदिने बताएकी थिइन् । उनले चेतावनी दिएको भिडियो सामाजिक संजालमा फैलिए पछि कलेजप्रति विद्यार्थीको रोष बढेर गएको थियो ।

कन्फुसियन ताई सिङ कलेजकी हेड मिसले भने सरकारी निर्देशन अनुसार उक्त चेतावनी दिइएको बताएकी छिन् भने पक्राउ गरिएको विद्यार्थी आफ्नो स्कूलको नभएको बताएकी छिन् ।

आजै सेक किप मेइ होली ट्रिनिटी कलेजका लगभग २०० विद्यार्थीहरुले हातेमालो गरेर मानव साङ्लो बनाएर सरकारको विरोध गरे । बिहानको कक्षापछि नारा लाउँदै २० मिनेटको लागि मानव साङ्लो बनाएका थिए , पुलिस आउने खबर पाएपछि उनीहरुले कार्यक्रम स्थगित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here