स्कूलबाहिरै ओछ्यान र भान्साघर….

प्रकाशित मिति
0
136

tuhao

जहाँ आमनागरिकलाई आफ्ना बालबालिकाको आधारभुत आवश्यकता पूर्ति गर्न धौ धौ परिरहेको छ,
त्यहीँ अति धनाढ्य वर्गको नाटक नै अनौठो छ , चिनियाँ भाषामा धन पाएर पनि संस्कार नपाएकालाई ‘तुहाओ’ भन्दा रहेछन् ।

हालै प्रकाशमा आएको एक घटनामा यस्तै ‘तुहाओ’गिरीको छ, जसमा किन्डरगार्डेन पढ्ने एक बालिकाको लागि तातो तातो खाना खुवाउन स्कूलबाहिरै कामदार महिलाले भान्सा तैयार गरिन् ।
चीनको वुहान प्रान्तमा किन्डरगार्डेन स्कूल बाहिरै पार्कमा मालिककी छोरीको लागि उनलाई मनपर्ने भोजन तैयार गर्न लागेकी कामदारलाई प्रहरीले रोके पनि उनले पकाएरै छोडिन् । लन्च ब्रेकमा स्कूल बाहिर पार्क गरिराखेको मर्सिडिज बेन्जभित्र बसेर बालिकाले टि भी हेर्दै ओछ्यानमा बसेर खाना खाएको तस्वीर सामाजिक संजालमा सार्वजनिक भएको थियो ।

यो त यौटा नमुना मात्रै हो, यस्तै घटनाहरु चीनमा समय समयमा चर्चामा आउने गरेका छन् ।
यसरी बालबालिकालाई सुविधा दिने निहुँमा यस्ता बाबु आमाले उनीहरुको आत्मविकासमा वाधा पुर्‍याउने बाल विशेषज्ञहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here