स्कुल बस दुर्घटनामा २ को मृत्यु सहित ..

1
5

 

आज सोमबार दिउँसो करिब १ बजे हङकङ नर्थ पोइन्ट किंस रोड र होइ वो स्ट्रिटको जक्सनमा एक स्कुल बस दुर्घटना हुँदा १ महिला र १ पुरुष गरि २ जनाको मृत्यू हुनका साथै १२ जना घाईते भएको समाचार छ ।
अनलाईन फुटेजका अनुसार मेथोडिस्ट प्राइमरी स्कुल नर्थ पोइन्टको चुङ हङ स्ट्रिटमा पार्क गरिएको बस आफै गुड्न लागे पछि ड्राइभरले अगाडीबाट रोक्ने प्रयास गरेको देखिन्छ ।
प्रह्ररी अनुसन्धान अनुसार पार्किङ गर्दा “ह्यन्ड ब्रेक” राम्रोसँग नलगाईएको हुनाले गुडेको हुन सक्ने बताइएको छ । घटनामा उक्त बस पार्किङ स्थलबाट करिब १०० मिटर पर गुडेर जथाभावी ठक्कर दिएको बताइन्छ ! घाइते हुनेहरुमा ड्राइभर सहित १४ जनामा अस्पतालमा उपचारको क्रममा २ को मृत्यू भएको जनाएइको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here