स्कुटर चार्ज गर्दा आगलागी

0
8

hover board fire

चोइ हुङ स्टेटमा ३१ वर्षे आउ ले चाइनिज इलेक्ट्रोनिक स्कुटर(होबर बोर्ड) चार्ज गर्दा पड्केर फ्ल्याटमा आगलागी शुरु भयो । उक्त पब्लिक हाउसिङमा बस्ने २०० बासिन्दालाई बिल्डिङबाट उध्दार गर्नुपर्‍यो ।

आउले स्कुटर सेन्जेन बोर्डर लो वु बाट १८०० डलरमा किनेकी थिइन् । उनले म्यानुल हेरेर होबर बोर्ड चार्ज गर्न खोज्दा २ घन्टापछि पड्केर आगो शुरु भयो । बिहान ५ बजे ७ तलाबाट भागेर निस्केपछि, प्रहरीलाई खबर गरेपछि प्रहरीले बिल्डि खाली गरायो । फायरम्यानलाई आगो निभाउन ३० मिनेट लाग्यो ।

आउले आफूले होबर बोर्ड किनेर गलत गरेकोमा दुख ब्यक्त गरेकी छिन् , हाल उनीहरु १० वर्षदेखि बस्दै आएको फ्ल्याट छोडेर हाउसिङले प्रबन्ध गरेको अस्थाई निवासमा बसिरहेका छन् ।

होबर बोर्डलाई हङकङको यातायात विभागले सडक वा सार्वजनिक स्थानमा चलाउन प्रतिबन्ध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here