सोनमको ‘मतिना या स्वाँ’ अर्थात ‘प्रेमको फूल’ रिलिज!

प्रकाशित मिति
0
273

हङकङमा बसोबास गरिरहेकी गायिका सोनम महर्जनको नेपाल भाषाको नयाँ गीत रिलिज भएको छ। ‘मतिना या स्वाँ’ अर्थात ‘प्रेमको फूल’ बोलको यस गीतको भिडियोलाई सोनम पाख्रिनले निर्देशन तथा विजेश पौडेलको सम्पादन गरेका छन् ।

यस गीतको भिडियोमा कान्तिपुर टेलिभिजनद्वारा प्रसारित ‘व्हाट द फ्लप’ कमेडी शोका ख्यातिप्राप्त अभिनेता सन्दिप क्षेत्री र करुणाको अभिनय रहेको छ।
नेवार भाषा नबुझ्ने दर्शकको लागि नेपाली भाषामा समेत गीतको सब टाइटल हेर्न पाइने यस गीतको भिडियो नौलो लोकेसनमा छायांकन गरिएको छ।

“मायाको फूल फुल्यो मन मेरो भँवरा जस्तै उड्यो’ भन्ने भाव रहेको यसगीतको शव्द – संगीत कृष्णभक्त महर्जनको रहेको छ।
दशैंको अवसरमा रिलिज यस गीतको भिडियोलाई दर्शकहरुले मनपराएर राम्रो प्रतिक्रिया दिइरहेको महर्जनले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here