सेन्ट्रल-वान्चाई बाइपास सडक २० तारीख खुल्ने..

प्रकाशित मिति
0
26

सेन्ट्रल वान्चाई बाइपास यही २० जनवरीको दिन बिहान ८ बजेबाट संचालनमा आउने भएको छ । ३६ बिलियन डलर लागत र लगभग १० साल लगाएर निर्मित यस ४.५ किलोमिटरको बाइपास मार्गमा समुद्री टनल र आकाशे पुल रहेका छन् ।

हङकङको सेन्ट्रललाई इस्टर्न डिस्ट्रिटसँग जोड्ने यस बाइपास मार्गले अब वान्चाई देखि सेन्ट्रल ५ मिनेटमा पुगिने अपेक्षा गरिएको छ, संचालनमा रहेको अहिलेको सडक मार्ग प्रयोग गर्दा आधा घन्टा लाग्ने गरेको बताइन्छ । यो बाइपास सडक खुलेपछि सेन्ट्रल क्षेत्र देखि नर्थ प्वाइन्ट क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताइन्छ ।

रातो मिनिबस लगायत ४.६ मिटर भन्दा अग्ला वाहनहरुलाई निषेध गरिएको यस टनल भएर निम्न रुटका गाडीहरु चल्नेछन् ; 720X, 88X, 962C, 969C, 33X and 18X ।
हङकङ साइडमा काम र बसोबास गर्ने हत्तेरीका साथीहरु प्रत्यक्ष लाभान्वित हुनुहुनेछ, बधाई छ !

विदेशमा यसरी विकाशको मूल फुटेको फुटेकै छ, स्वदेशमा भने भ्रष्टाचारको मूल फुटेको फुटेकै छ , फेसबुकमा हामी रमिता हेर्दै दीर्घ श्वास छोड्नु बाहेक के गर्न सकिन्छ र, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here