सुरक्षाको कारण घोडा रेस र फायर वर्क्सको कार्यक्रम स्थगित…

प्रकाशित मिति
0
297

हङकङ जकी क्लबले सुरक्षाको कारण दर्शाई आज साँझ ७ः१५ बजे हुनुपर्ने घोडा रेसको कार्यक्रम स्थगित गरेको छ ।

रेसमा बेइजिङ पक्षधर विधायक जुनियस हो को घोडाले पनि भाग लिने थाह पाएपछि आन्दोलनकारीहरुले अनलाइनमा आज रेस मैदान हेपी भ्यालीमा धर्ना दिन आव्हान गरेका थिए । जकी क्लबले आन्दोलनकारीको डरले आफ्नो नियमित रेस नगरेकोमा जुनियसले असन्तुष्टि ब्यक्त गरेका थिए भने कतिपय दर्शकले भने जुनियसको घोडाले भाग लिएको रेस बाहेक अन्य रेस यथावत संचालन गरेको भए हुने भनेका थिए । तर दर्शक, कर्मचारी, रेसर को सुरक्षा सर्वोपरी हुने भन्दै जकी क्लबले भने आजको लागि तय गरिएका सबै रेस क्यान्सिल गर्दै टिकटको पैसा फिर्ता गर्ने भएको छ ।

२१ जुलाईमा भएको युनलोङ काण्डमा सेतो टि सर्टधारी आक्रमणकारीहरुसँग साँठगाँठ राखेको भन्ने आरोप लागेका जुनियस हो आन्दोलनकारीहरुको तारो बन्ने गरेका छन् ।

सरकारको तर्फबाट चीन स्थापना दिवसको अवसरमा १ अक्टोबरमा गरिँदै आएको पटेकाबाजी (फायर वर्क्स्) समेत सुरक्षाको कारण दर्शाई यस सालको लागि स्थगित गरिएको छ । यस अघि सन २०१२ मा फेरी दुर्घटना भई ४४ जनाको मृत्यु हुँदा र सन २०१४ मा अकुपाई सेन्ट्रलको आन्दोलन चल्दा पनि फायर वर्क्स् को कार्यक्रम स्थगित गरिएको थियो ।

फायर वर्क्स् त आजकाल त सडकमा पो हुन्छ, तर यस्तो सुन्दर चैं हुन्न , हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here