सुपुर्दगी कानुन विरुध्दमा १० लाख भन्दा धेरै सहभागी ,केही प्रदर्शनकारी र ३ प्रहरी घाइतेँ !

प्रकाशित मिति
0
1556

हङकङ सरकारद्वारा प्रस्तावित सुपुर्दगी कानुन विरुध्दमा हिंजो आइतबार १० लाख भन्दा धेरै मान्छे शान्तिपूर्ण र्‍यालीमा सहभागी भए । उक्त र्‍याली सन २००३ मा तत्कालिन प्रमुख तुङ चि वा लाई सुरक्षा कानुन आर्टिकल २३ सम्बन्धमा राजिनामा गर्न बाध्य पार्ने संख्याको दोब्बर रहेको बताइन्छ ।

कज वे बे को भिक्टोरीया पार्कबाट साढे २ बजे निस्कियोको र्‍याली एडमर्ल्टी मा गएर समापन भएको थियो । विशाल र्‍यालीको पु्च्छार एडमर्ल्टी पुग्दा ९ बजेको बताइन्छ ।

यो बुधबार दोस्रो पटक विधान सभामा छलफल गरिन लागिएको उक्त कानुनले हङकङमा रहने देशी विदेशीहरुलाई चीन सरकारले पक्राउ गर्न बाटो खुकुलो पारिदिने र अभिब्यक्ति स्वतन्त्रता हनन हुने
र्‍यालीका सहभागीहरुको विचार रहेको छ ।

र्‍याली समापन भइसकेपछि मध्यरात सम्म पनि सयौं विद्यार्थीहरु एडमर्लटीको विधान परिषदको कार्यालय परिसर वरपर भेला भएर प्रहरीसँग मुठभेड गरेको बताइन्छ , प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी र ३ प्रहरी घाइतेँ भएको बताइन्छ ।

आज सोमबार जनजीवन सामान्य भइसकेको छ । हङकङ प्रमुख क्यारी लामले हालसम्म कुनै प्रतिक्रिया नदिए पनि उनले औपचारिक रुपमा सरकारको तर्फबाट सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here