सुपुर्दगी कानुन खारेज गर्नुपर्ने माग राख्दै आत्मदाह

प्रकाशित मिति
0
1318

प्रस्तावित सुपुर्दगी कानुन खारेज गर्नुपर्ने माग राख्दै एडमर्ल्टी स्थित प्यासिफिक प्लाजाबाट हाम्फालेर एक आन्दोलनकारीले ज्यान दिएको समाचार छ ।

ल्योङ थरका ती ३५ वर्षे युवकले प्रस्तावित सुपुर्दगी कानुन खारेज गर्नुपर्ने , क्यारी लामले राजीनामा दिनुपर्ने , पक्राउ गरिएका युवालाई रिहाइ गर्नुपर्ने लगायतका माग राखिएका ब्यानर झुन्ड्याएका थिए ।

साढे ४ बजे बिल्डिङमा उनलाई देखेपछि सेक्युरिटीले पुलिसलाई खबर गरेको बताइन्छ । प्रदर्शनकारीहरुले युवकलाई हाम नफाल्न अनुरोध गरिरहेका थिए भने पुलिसले सडकमा सेफ्टी बलुन ओछ्याएको थियो । २ घन्टापछि बिल्डिङबाट हाम्फालेका उनको सडकमा पछारिएका उनलाई रुतोन्जे अस्पतालमा साढे नौ बजे मृत घोषित गरिए ।

सरकारले प्रस्तावित सुपुर्दगी कानुन माथिको छलफल हाललाई स्थगित गरेको छ , व्यापक जनमत र छलफल गरी पुनः प्रस्ताव ल्याउने क्यारी लामले बताएकी छिन् । कानुनलाई पूर्णरूपमा खारेज गर्नुपर्ने माग सहित विपक्षीहरुले आज पनि प्रदर्शन गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here