सुन पसल लुट्ने लुटेरा समूह पक्राउ…

प्रकाशित मिति
0
2812

हङकङ प्रहरीले आज मंगलबार २० देखि २७ बीच उमेर भएका ७ जना युवकलाई तु का वानको गहना पसलमा लुटपाट गरेको अभियोगमा पक्राउ गरेको छ ।

चोरीको ट्याक्सी र कारमा सवार उनीहरुलाई पछाइरहेको पुलिसको गाडीहरुले छेका हाली दिउँसो १ बजे होमान्तिनको सेङ लोक स्ट्रिटमा रोक्न खोज्दा उनीहरुले पुलिस गाडीलाई धक्का दिई स्पीडमा भाग्न खोज्दा पुलिसले गोली प्रहार गरेको थियो ।आत्मसुरक्षामा प्रहरीले १ राउन्ड गोली प्रहार गरेको बताइन्छ ।

आइतबार तु का वान मा जस्तै गरेर सोमबार चेङ सा वानमा र नोभेम्बर १७ मा चुनवानमा , ८ नोभेम्बरमा याउ मा तेइमा त्यस्तै प्रकृतिले सुन दोकान लुटपाट गरिएको थियो । पक्राउ परिएका अभियुक्तहरु यी श्रृङ्खलाबध्द लुटहरुमा संग्लन रहेको आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here