सुन पसलहरु लुटेराहरुको तारोमा…

प्रकाशित मिति
0
1916
चेङ सा वान मा आज!

आज बिहान ११ बजे चेङ सा वानको क्यास्टल पिक रोडमा रहेको गहना पसल लुटिएको छ । दुई जना लुटेराले दोकान तोडफोड गर्दै लगभग ३० लाख डलरको गरगहना लुटी रोकिरहेको गाडीमा चढेर भागेको बताइन्छ ।

हिंजो आइतबार दिउँसो ३ः४० बजे तु का वानको एक गहना पसलबाट २० लाख डलर बराबरको गरगहना लुटेर ५ जना अभियुक्त फरार भएका छन् ।
ट्याक्सीमा आएको लुटेरा समूहले पसलमा तोडफोड गर्दै पसलेलाई चक्कू देखाई तर्साएर लुटेको बताइन्छ । लुटपाट गरेर उनीहरु रोकिरहेको ट्याक्सीमा चढी भागेको बताइन्छ ।

तुकावानमा हिंजो

५५ वर्षे दोकान इन्चार्जले तुरुन्तै पुलिसलाई खबर गरे पनि पुलिसले उनीहरुलाई हालसम्म पक्राउ गर्न नसकेको बताइन्छ । नोभेम्बर १७ मा चुनवानमा र ८ नोभेम्बरमा याउ मा तेइमा यस्तै प्रकृतिले सुन दोकान लुटपाट गरिएको थियो ।

आन्दोलनले गर्दा प्रहरीले पैदल प्याट्रोलिङ् गर्न नसकिरहेकोले गर्दा लुटेराहरुले मौका छोपिरहेका छन्, सरकार असंवेदनशील बनेपछि त्यसको असर ब्यापार-ब्यवसाय र सामान्य जनजीवनमा पर्ने नै भो । सधैं मुनाफामा रहने हङकङको बजेट यसपालि १५ वर्षमा पहिलो पल्ट नपुग रहने संकेत अर्थ सचिव पल चानले दिएको बताइन्छ , क्यारी लाम सरकारलाई बधाई छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here