सुन्दरी बन्न खोज्दा कोमामा…

0
6

coma

हिंजो सोमबार दिउँसो चिम सा चुई को एक बिउटी पार्लरमा एक ५५ वर्षे महिला ग्राहकलाई एड्रेनालिनको सुई दिइएपछि उनी कोमामा पुगिन् । पार्लर संचालक र कामदार महिलाले दिउँसो साढे दुई बजे पुलिसलाई खबर गरेपछि अचेत अवस्थामा ती महिलालाई क्वीन एलिजाबेथ अस्पताल पुर्‍याइयो जहाँ उनलाई आइ सि यु मा राखेर उपचार गरिइरहेको बताइन्छ ।

पुलिसले पार्लर संचालक महिला र कामदार दुवैलाई पक्राउ गरेको छ । अस्टिन रोडको यु केइ मेन्सनमा अवस्थित उक्त पार्लरमा सौन्दर्य अभिवृध्दि सेवाको लागि ग्राहकसँग ४८० डलरदेखि २८०० डलर सम्म लिने गरिएको बताइन्छ । हङकङे चिनियाँ महिला मालिक रहेको उक्त पार्लरमा मेन्ल्यान्डर महिला अवैध रुपमा कार्यरत रहेको बताइन्छ भने उक्त पार्लरको दर्ता गत साल मे महिनादेखि सकिएको बताइन्छ ।
उनीहरुले एड्रेनालिन पेन किलरको रुपमा प्रयोग गर्ने गरेको बताइन्छ । एड्रेनालिनलाई हङकङको कानुनले विषको वर्गमा राखेको बताइन्छ , र रजिष्टर्ड डाक्टरको मातहतमा मात्रै प्रयोग गर्न सकिने प्रावधान छ । यस नियमको उल्लंघन गरेमा २ साल जेल सजायको साथै १ लाख डलर जरीवाना हुनसक्ने बताइन्छ ।

कुरो बुझ्दा पार्लर संचालक महिला र उनको कामदार जेल त पक्कै परे नै होलान् , तर राम्री बन्नु खोज्ने ५५ वर्षे महिलालाई पो के हुने होला । उनको शीघ्र स्वास्थ लाभ होस् !  सुन्दर बन्ने चाहना राख्नु त ठिकै होला र प्रकृतिको विरुध्दमा जाँदा कोशीमा बाँध बाध्नु जस्तै हो,बाढी आएर क्षति पुर्‍याउन सक्छ, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here