सि वाइ ल्योङ ले आफ्नो पदीय हैसियतको दुरुपयोग गरे..

प्रकाशित मिति
0
164

cyleung

चीफ एक्जिक्युटिभ सि वाइ ल्योङ ले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेको समाचार आएकोछ ।
गत सोमबार बिहान १ बजे क्याथे प्यासिफिकबाट सान फ्रान्सिस्को उड्न लागेकी सि वाइ ल्योङकी २३ वर्षे छोरी चूङ यानले आफ्नो लगेज नलिई स्क्रिनिङ एरिया कटेर रेस्ट्रिक्टेड एरियामा आमा रेजिना तोङसँग पुगिन् । जनसाधारणलाई छिर्न नदिए पनि रेजिनालाई भने सि वाइ की पत्नी भएकीले छिर्न दिइएको बताइएको छ।
रेजिनाले क्याथेको स्टाफसँग आफ्नो छोरीको छुटेको लगेज ल्याइमागिन् तर स्टाफले त्यसो गर्न सुरक्षा नियमले नमिल्ने बताई इन्कार गरे ।”म को हुँ चिनेका छौ?” भन्दै रेजिनाले आफ्नो पतिलाई फोन लगाइन् , “मिस्टर ल्योङ्” भनी सम्बोधन गर्ने क्याथे कर्मचारीलाई ल्योङले हप्काए “चीफ एक्जिक्युटिभ ल्योङ भन” ।

अन्तत: एयरपोर्ट कर्मचारीले नै चुङ यानको सामान भित्र ल्याए । क्याथे प्यासिफिक कर्मचारी युनियनकी अध्यक्षले घटनामा ल्योङकी छोरीले सर्वसाधारण जस्तै आफैं गएर सामान ल्याई सेक्युरिटी जाँच गराउनु पर्ने विचार ब्यक्त गरेकी छिन् । एपल डेलीको यस समाचारबारे सि वाई ल्योङ परिवारको टिप्पणी आएको छैन ।

पावरको मात नेपालीहरुलाई मात्रै होइन, हङकङको चिनाहरुलाई पनि लाग्दो रहेछ,हगि? हङकङ जस्तो कानुनसम्मत ठाउँमा पनि पावरले नियम कानुन तोड्दा रहेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here