सिसिटिभी फुटेज माग्दै एम टि आर मा धर्ना

प्रकाशित मिति
0
955

३१ अगस्ट राति प्रिन्स एडवार्डमा भएको पुलिस कार्यवाहीको फुटेज नमेटाउन र फुटेज सार्वजनिक गर्नको लागि रेल कम्पनीलाई दबाब दिन आज प्रिन्स एड्वार्ड स्टेसनमा धर्ना दिन मानिसहरु भेला भए । जनताको आग्रहलाई स्वीकार गर्दै सामान्यतय २८ दिन पछि डिलिट गरिने भिडियो फुटेज ३ साल सम्मको लागि राख्न एम टि आर कम्पनी सहमत भएको बताइन्छ तर न्यायालयको आदेश बिना आधिकारिक ब्यक्ति बाहेक अरुलाई फुटेज देखाउन नमिल्ने एम टि आर प्रवक्ताले बताएका छन् ।

के भएको थियो ३१ अगस्टमा ?

मंकोक पुलिस स्टेसनमा झडप गरी ट्रेन स्टेसनमा भागेको भन्दै प्रिन्स एडवार्ड स्टेसनमा दंगा प्रहरीले कार्यवाही गरेको थियो । रेलभित्र घुसेर पेपर स्प्रे र लाठी चार्ज गर्दै ४० आन्दोलनकारीलाई पुलिसले पक्राउ गरेको बताएको थियो । १० जना घाइतेँ भएकोमा ७ जना मात्रै अस्पताल पुगेको आन्दोलनकारीहरुको दाबी रहेको छ, ३ जनाको मृत्यु भएको हुनसक्ने उनीहरुको आशंका रहेको छ । १ तारीख पनि स्टेसन बन्द रहेको थियो भने पत्रकारलाई स्टेसनमा घुस्न दिइएको थिएन । त्यसैले पुलिसले ३ जनालाई गायब पारेको आशंकामा आन्दोलनकारीहरुले आज बिहान ७ बजेदेखि फुटेज सार्वजिनक गर्न माग राख्दै धर्ना दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here