-सिर्जनशील अराजकताका अभियन्ताहरू फेरि एक ठाउँमा भेला हुँदै ।

प्रकाशित मिति
0
30

सिर्जनशील अराजकताका ३ अभियन्ताहरू फेरि एक ठाउँमा भेला हुने कुरा आख्यानकार राजन मुकारुङले फेसबुक मार्फत सेयर गरेका छन् ।
हालै बिदेश भ्रमणमा निक्कै नै ब्यस्त रहेका सेलिब्रेटी कवि उपेन्द्र सुब्बा भने कोरियामा कविता कन्सर्ट सकेर आज हङकङ ट्रान्जिट हुँदै भोलि नेपाल अवतरण गर्ने भएका छन् भने करिब १४ महिना पछि कवि हाङयुग अज्ञात बैंककबाट पर्सि नेपाल अवतरण गर्ने भएका छन् । त्येसै गरि मुकारुङ नव निर्मित राज्य, प्रदेश नं १ बाट काठमाडौं प्रवेश गर्ने भएका छन् ।
देशको बदलिएको परिस्थितिमा हुन गइरहेको यी तीन स्रष्टाहरूको भेटघाटमा पहिचानवादी साहित्य लेखन बारे विमर्श हुने अनुमान गरिएको छ । राजन मुकारुङका अनुसार ‘पहिचानवादी लेखनको नयाँ कार्यदिशा’ बारे छलफल हुनेछ । तर छलफल कुन प्रदेशमा गर्ने टुङ्गो लागिसकेको छैन ।
हाङयुगले भने सिर्जनशील अराजकताको शिखर वार्ता पोखरामा गर्ने हो कि ? भनेर फेसबुक स्टाटस अपडेट गरेका छन् ! अघिल्लो पटक नगरकोटमा भएको अराजक भेट वार्तामा अराजकको रुपमा घोषणा गरिएकी सरस्वती प्रतिक्षाले एक अन्तर्वार्तामा “आफू अौपचारिक रुपमा अराजक नभएको र पहिचानवादी लेखक भन्दा पनि आफुलाई बामपंथी लेखक हुँ” भन्दछु भनेकी थिईन तर अराजक टिमको फेसबुक स्टाटसमा भने उनले यसपालीको शिखर वार्तामा संयोजकको भुमिकामा चासो देखाईकी छिन् ! प्रतीक्षाको भर्खरै प्रकाशन भएको उपन्यास ‘नथिया’ अहिले चर्चाको शिखरमा छ जुन उपन्यासले सीमान्तकृत बादी समुदायको कथा बोकेको छ ।

कोरियामा कविता कन्सर्टमा उपेन्द्र सुब्बा

सिर्जनशील अराजकहरूको यस भेटघाटले लेखनमा नयाँ उर्जा थपियोस् भन्दै हत्तेरीको तर्फबाट शुभयात्राको कामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here