सिभिल ह्युमन राइट्स फ्रन्टका संयोजक जिमी साम किट माथि आक्रमण ..!

प्रकाशित मिति
0
2112

सिभिल ह्युमन राइट्स फ्रन्टका संयोजक जिमी साम किट माथि दुई नकाबधारीले आक्रमण गरेको समाचार छ ।

आज दिउँसो जोर्डनको ताक हिङ् स्ट्रिटमा साथीसँग खाना खाइरहेको बेला छड र बेसबल ब्याट बोकेर आएका २ जनाले टेबलमाथि प्रहार गर्दै सामलाई आक्रमण गर्न आएको उनले बताएका छन् ।
सामलाई जोगाउन खोज्दा उनको साथीको हातमा २-३ पटका प्रहार भएको उनले बताए , सामको साथीलाई उपचारको लागि अस्पताल लगिएको बताइन्छ ।

आजै बिहान उनलाई सरकार समर्थक ब्यक्तिहरुले घेरेर ‘दंगाकारी’ भन्दै उनको माइक खोस्न खोजेको बताए । पुलिस आएपछि उनीहरु भागेको बताइन्छ ।

सिभिल ह्युमन राइट्स फ्रन्टले आउँदो शनिबार सेन्ट्रलमा गर्ने भनेर पुलिसलाई बुझाएको आवेदन अस्वीकृत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here