सार्वजनिक शौचालयमा सामूहिक बलात्कार..

प्रकाशित मिति
0
1223

आज मंगलबार हाइ कोर्टमा भएको सुनुवाईमा १२ वर्षे किशोरीलाई बलात्कार गरेको र ज्यान मार्ने धम्की दिएकोमा ४ युवकलाई कसुरवार ठहर्‍याइएको छ ।

२७ जनवरी २०१७ मा जब पीडित १२ वर्षकी थिइन् , उनलाई उनकै ब्वाइफ्रेन्ड र उनका साथीहरुले शातिन सन चुई सपिङ सेन्टरको सार्वजनिक शौचालयमा बलात्कार गरेको
बताइन्छ । २१ वर्ष का मोक र चान, २४ वर्ष का लाम र २६ वर्ष का चेङ ले अभियोग स्वीकार गरेका थिए ।

अभियुक्त मध्ये मोक पीडित किशोरीको ब्वाई फ्रेन्ड थिए, किशोरी फर्म १ मा पढिरहेकी थिइन् । उनीहरु सपिङ सेन्टरमा भेटेर गफगाफ गर्ने क्रममा किशोरी ट्वाइलेट गएको मौका छोपी उनीहरुले जबर्जस्ती गरेको बताइन्छ ।

घटनाको केही समयपछि मोकले उनलाई घटनाको बारे कसैलाई बताए ज्यान मारिदिने धम्की समेत दिएको बताइन्छ ।
अन्ततः सामाजिक कार्यकर्ताको सहयोगमा ६ महिनापछि मात्रै पीडितले पुलिस रिपोर्ट गरेको बताइन्छ ।

१३ वर्षमुनिका बालबालिका माथि यौन हिंसा गरे जन्मकैद समेत हुनसक्ने प्रावधान छ, अभियुक्तहरुलाई सजाय जुलाई ३० तारीख सुनाइनेछ ।

हत्तेरीका साथीहरु, यस्तो खाले घटनाहरुबाट आफ्ना बालबालिकालाई सुरक्षित राख्न कस्तो खाले शिक्षा वा सल्लाह दिन सकिएला?
कहिलेकाहिँ त गंभीर छलफल पनि गरौं न है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here