सार्वजनिक बि बि क्यु स्थलमा कार्यक्रम गर्ने नेपालीलाई चेतावनी !

प्रकाशित मिति
0
71
फोटो साभार- on.cc

हङकङमा सार्वजनिक बि बि क्यु स्थलहरुमा प्रायजसो हरेक पब्लिक होलिडेमा हुने गरेको नेपालीहरुको विभिन्न कार्यक्रमहरुको स्थानीय मिडियाको रिपोर्ट सँगै गम्भीर आलोचना भइरहेको छ ।
विशेषगरी “कन्ट्री पार्क” मंकीहिलमा ठुलो संख्यामा भेला भइ बि बि क्यु स्थलहरु ओगटिने साथै राष्ट्रिय सांस्कृतिक भेषभुषामा सजिएर विभिन्न ब्यानरहरु टाँगेर मदिरा सेवन गरि हो-हल्लाका साथ गरिने कार्यक्रमले वातावरणमा असर तथा प्रदुषण हुन गएको कृषि तथा माछापालन संरक्षण विभाग AFCD को रपोर्टमा हङकङ सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।
AFCD को रिपोर्टसँगै सार्वजनिक स्थलमा मदिरा स्टल राखि टिकट तथा भौचर लिइ बेचबिखन गरेको फोटोहरु स्थानीय मिडिया on.cc ले अनलाइनद्वारा सार्वजनिक गरेको छ भने यसरी सार्वजनिक स्थानमा मदिरा बेचबिखन गरिनु कानुन विपरीत कार्य भएको र मदिरा बेचबिखनको निम्ति अनिवार्य लाईसेन्स तथा अस्थाई लाइसेन्स लिनु पर्ने नियम रहेको प्रहरी प्रवक्ताले जनाएको छ । सार्वजनिक बि बि क्यु स्थललाई ओगटेर वातावरणलाई असर पुग्ने गरि गरिने कार्यक्रमले सार्वजनिक सुविधाको दुरुपयोग गरेको हङकङ विधान परिषद सदस्य “लिउ” ले बताएका छन् ।
हिजो फेब्रुअरी ५ मा कन्ट्री पार्क मंकीहिलमा भएको “नेपाली निर्माण कामदार युनियन” को १२औँ बार्षिक साधरण सभालाई मध्ये नजर गर्दै स्थानीय मिडिया सहित “AFCD” ले आफ्नो दुुइ कर्मचारीहरु   खटाएको थियो , उनीहरूले कुनै पनि कानुन विपरीत कार्यहरु नगर्न तथा भेटिएमा कानुनी कार्वाही हुने चेतावनी दिएको थियो। साथै गत बर्ष डिसेम्बरमा भएको कार्यक्रम पश्चात् फोहोर फाल्न क्लिनरहरुलाई २ दिन सम्म लागेको पनि AFCD को भनाई छ ।

श्रोत- on.cc बाट साभार

फोटो साभार on.cc news
फोटो साभार on.cc news
फोटो साभार on.cc
फोटो साभार on.cc news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here