साम सुई पो स्टेसनमा गोली प्रहार…

प्रकाशित मिति
0
107

आज बिहान ७ः४० बजे आफूमाथि हमला गरेको कारण बताउँदै पुलिस महिलाले अभियुक्तमाथि गोली प्रहार गरेका छन् ।
साम सुई पो एम टि आर को एक्जिट डी टु नजिकै प्याट्रोल गरिरहेका महिला पुलिस युन र उनका साथीले एक ५५ वर्षे हङकङ आइ डी वाहक ब्यक्तिलाई शंकास्पद लागी तलासी लिन खोज्दा
उनले झोलामा रहेको पेपर कटर निकालेर युन माथि जाइलागेका बताइन्छ ।

आत्म सुरक्षाको लागि युनले अभियुक्तको पेटमा गोली प्रहार गरेको बताइन्छ । ६ वर्षदेखि पुलिसको जागिरमा रहेकी युनले भीडभाडमा गोली चलाउँदा सार्वजिक हितलाई ध्यानमा राखेरै गोली चलाएको जिकिर गरेकी छिन् । यसबारे प्रहरीबाट थप अनुसन्धान हुने बताइन्छ । अभियुक्त भने पुलिसलाई हमला गरेको आरोपमा सन २०१३ सालमा ७ दिन जेल परेको बताइन्छ ।

घाइतेँ अभियुक्तको प्रिन्स मार्गरेट अस्पतालमा उपचार भइरहेको छ ।

हत्तेरीका प्रिय पाठकहरु, बिहान काम जाँदा फोन मात्रै घोच्दै नहिंड्नु होला, छड्केर आएको गोलीले भेट्न पनि सक्छ है हाम्रो होङकोङमा!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here