साम सुई पो मा ९ घन्टा आगलागी..

0
1

un_chau_street_fire

साम सुई पो को उन चाउ स्ट्रिटमा अवस्थित चेङ फात इन्डस्ट्राइल बिल्डिङको ८ औं तलामा हिंजो राति ११ बजे आगलागी हुँदा २ किशोरहरु र १ फायर फाइटर घाइतेँ भए । सामानहरु राख्ने स्टोरेजको रुपमा रहेको उक्त बिल्डिङको आगोलाई मध्यरातमा नम्बर ३ घोषणा गरिएको थियो, टाइफुनलाई १ देखि १० सम्म वर्गीकरण गरिए जस्तै आगोलाई १ देखि ५ नम्बरसम्म वर्गीकरण गरिएको छ ।

आठौं तलामा बस्ने १४ र १६ वर्षे दुई दाजुभाइ धुँवाले बेहोस भए भने र १ फायरम्यान घाइतेँ भए । आगो लागेको ९ घन्टापछि बिहान ८ बजे मात्रै निभाउन सकियो ।
आगलागीको कारण बारे अनुसन्धान भैरहेको बताइन्छ ।

साँघुरो बसाइले गर्दा भाडामा सामान राखिदिने स्टोरेजको बिज्नेस हङकङमा निकै फस्टाएको छ, तर हालै ङाउ थाउ कोकमा लागेको ४ दिने आगोले गर्दा यस्ता स्टोरेज युनिटहरुमा सुरक्षाको सवाल उठेका छन् । इन्डस्ट्राइल बिल्डिङमा बसोबास गर्नु कानुन अनुसार मिल्दैन  त्यसरी बसोबास गरेकोमा परिवारलाई कार्यवाही हुने संभावना देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here