साम सुई पो मा एम टि आर भित्र विष्फोट

प्रकाशित मिति
0
174

mtr blast

 

चुनवान देखि सेन्ट्रल जाने रातो लाइनको एम टि आर भित्र आज पौने ३ बजे साम सुई पो नजिक पुग्दा विस्फोट भयो, अचानक भएको विष्फोट र धुँवाले गर्दा सवारी गरिरहेका ६०० यात्रीमा आतंक फैलियो । कसैले इमर्जेन्सी बटन दबाएपछि ट्रेन रोकियो ।

विष्फोटको कारण लाम थरका एक साइकल चालक ब्यक्ति रहेछन्, उनले साइकलको सिटमा ब्याट्रीहरु बोकेका रहेछन् । तिनै ब्याट्री अचानक पड्किँदा घटना हुन पुगेको रहेछ, विस्फोटको कारण उनको हातमा चोट लागेको छ । उनले १८ ब्याट्री क्वाई हिङमा भेटेको र त्यही बेच्नलाई साम सुई पो लैजान लागेको बताएका छन् ।

ट्रेनलाई साइड ट्रयाकमा राखेर परीक्षण गरिएको थियो भने घटनास्थलमा ११ दमकल र एम्बुलेन्स खटाइएको थियो ।

एम टि आर को नियम अनुसार लामले साइकलको एक पाङग्रा पनि ननिकाली चढेकोले २ हजार डलर जरीवाना तिर्नुपर्ने पक्का छ भने एम टि आर भित्र ब्याट्री जस्तो विस्फोटक सामान बोकेर सबैको ज्यान खतरामा पारेको के कति हर्जाना तिर्नुपर्ने हो कुन्नि? ती ब्याट्री बेचेर कति नै पो दाम आउँथ्यो र बिचराको? लोभले लाभ, लाभले विलाप भन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here