साम सुई पो गोली काण्डका अभियुक्त पक्राउ…

प्रकाशित मिति
0
79

साम सुई पो गोली काण्डका अभियुक्तको रुपमा ३४ वर्षे येङलाई हिंजो पुलिसले पक्राउ गर्न सफल भएको छ ।

उनी पूर्व जानकारी गराए अनुसार मेनल्यान्डर नभएर हङकङवासी चिनियाँ नै रहेको खुलेको छ ।अभियुक्त 14K नामक संगठित अपराध समूहको सदस्य रहेको आशंका गरिएको छ ।

जानकारी गराइए अनुसार मेनल्यान्डर ३३ वर्षे लाउको चेङ सा वान स्थित गेमिङ् दोकानमा अभियुक्त गेम खेल्न जाने गर्थे ।
४ हजार डलर बराबरको गेम प्वाइन्टलाई पैसामा साट्न माग्दा लाउले चेङलाई चिटिङ् गर्ने साधनको प्रयोग गरेको भन्दै गेम कार्ड खोसेर लखेटेको बताइन्छ ।
त्यसैको बद्ला लिन येङले आफ्नो साथी चे लाई लिएर लाउको खोजी गर्दा शुक्रबार राति १० बजे साम सुई पो स्टेसन नजिकै भेटेको र ती बीच विवाद हुँदा
लाउले स्टिलको पाइपले येङलाई आक्रमण गरेको बताइन्छ । त्यसपछि येङले पेस्तोल निकालेर लाउलाई प्रहार गर्दा हातमा लागेको बताइन्छ ।
लाउ आफै क्यारिटस अस्पताल उपचारको लागि गएकोमा पुलिसको साथ लगाएर मार्गरेट अस्पताल पठाइएको बताइन्छ ।

यस घटनाको छानबिनको क्रममा येङ र लाउको साथै चे र उनीहरुका २ महिला साथी पनि पक्राउ परेका छन् । उनीहरुबाट नक्कली अवैध हात हतियार बरामद गरिएको बताइन्छ ।

विश्वकै सुरक्षित शहर मध्ये एक मानिने गरिएको हङकङमा अवैध हात हतियार प्रयोग हुनु चिन्ताको विषय हो, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here