सामु सुई पो बाट सट् गन् सहित पक्राउ…

0
4

हिंजो शनिबार बिहान १:३० बजे गैह्रकानुनी रुपमा हतियार बोकेको अभियोगमा सामु सुई पो बाट एक ५६ वर्षे ब्यक्ति पक्राउ परेका छन् ।

साम सुई पो को येन चाउ स्ट्रिट नजिकै प्रहरी गस्तीले रुकस्याक् बोकेका शंकास्पद ब्यक्ति देखेपछि रोकजाँच गर्ने प्रयास गरेको थियो । तर अभियुक्तले भाग्दै गएर पार्कमा बन्दुक र झोला फ्याँक्ने प्रयास गरेको बताइन्छ ।

बरामद गरिएका सामग्रीमा गोली लोड गरिएको ५६ सेन्टिमिटर घरेलु सट्गन र ६ थान गोली रहेका छन् । पुलिसले अभियुक्तको मंकोक स्थित घरमा खान तलासी गर्नुको साथै उनकी ४३ वर्षे गर्लफ्रेन्डलाई समेत अनुसन्धानको लागि पक्राउ गरेको छ ।

हङकङमा अवैध हातहतियार फेला पर्ने क्रम बढिरहेको बेलामा यात हङकङ पुलिसले आतंकवाद विरुध्दको कार्यवाहीको अभ्यास गरिरहेकै छ । हिंजो शनिबार ३ सय जना हातहतियारले सुसज्जित प्रहरी जवानहरुले वेस्ट काउलुन टर्मिनसमा ड्रिल गरेका थिए ।
यो टर्मिनलबाट निकट भविष्यमा हङकङ-सेन्जेन-ग्वाङजो एक्सप्रेस रेल चल्नेछ । भविष्यमा भैपरी आउने आतंककारी घटनाको लागि गत साल २१ वटा यस्तो अभ्यास गरिएको थियो भने, यो साल हालसम्म १२ पटक अभ्यास गरिएको छ ।

विकसित मुलुकहरुमा यसरी विपदको अवस्थामा कसरी भूमिका निर्वाह गर्ने भनेर तालिम र पूर्वतैयारी गरिन्छ र क्षतिको न्युनिकरण गरिन्छ , हाम्रो नेपालमा भने दैवी विपति भनेर दैवलाई दोष दिइन्छ अनि सहयोगको अपील गरिन्छ । तर पनि गीताको हवाला दिएर भाग्यवाद त्यागी कर्मवादको बखान छोड्न हामीलाई कसले भेटोस् र, हगि?

ड्रिलको भिडियो हेर्नुस्;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here