साइवान हो मा ३ राउन्ड गोली प्रहार, २ घाइतेँ

प्रकाशित मिति
0
914

आम हड्ताल घोषणा गरिएको आजको दिन बिहान ८ बजेतिर साइ वान हो मा एक आन्दोलनकारीलाई गोली प्रहार गरिएको छ ।

सिङ् अन स्ट्रिट र ताइ सेक स्ट्रिटको जंक्सनमा ट्राफिक अवरुध्द गर्न जम्मा भएका आन्दोलनकारीहरु मध्ये एक आन्दोलनकारी र एक प्रहरी भिडिरहेको बेलामा सहायताका लागि आएका अर्का आन्दोलनकारीलाई प्रहरीले पेटमा गोली प्रहार गरेका थिए । तुरुन्तै हमलामा उत्रेका अरु दुई आन्दोलनकारी माथि उक्त प्रहरीले थप २ राउन्ड गोली प्रहार गरेको बताइन्छ । दोस्रो आन्दोलनकारीको हातमा गोली लागेको बताइन्छ ।

गोली प्रहारको विरोधमा आक्रोशित जनतामाथि पेपर स्प्रे गरी दमन गरिएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here