साइँलाको तोक्मा – निरज राई

प्रकाशित मिति
0
222

0506_porter_nepal_02

साहुको भारी थाप्लोमा बोकेर जदौ साइँला तोक्मा टेक्दै उकालो खेप्दैछ।
“हाउउ! कति हिड्नु यो उकालो ओरालो? हातको तोक्मा र यो थाप्लो,उस्तै उस्तै जस्तै, दुवै अर्काको भार मूनी थिचिएको,,।न न त थाके भन्नु पाइन्छ, न त उम्केर भाग्नु नै पाइन्छ, खूइय,,, थुक्का!”
यसरी मनमा अनेक तर्कनाहरू खेलाउदै बाटो छोट्याउन सिपालु छ ऊ।

“तर मैले जस्तो यो तोक्मा बोल्दैन, रिसाउदैन,तलुवा खिइएर निधारमा पुग्न आँटिसक्यो, अह! चुपचाप ढाकरको बोझ थामिदिएर बिसाउन सघाउँछ,अनि हिंड्दा खुट्टा र भारीको भाका मिलाइदिन्छ,भोकप्यास निन्द्रा भन्दा अलग्गै यसलाई ब्यवहारले चाँदे दिएर भारी बोक्न धरान झारेको पनि हैन। न कसैलाई पाल्नु छ न कसैको टाल्नु नै छ,र पनि भारी नै यसको नियती,,,,।मसँग नारिदा नारिदै मेरो जोबन जस्तो यो पनि मक्किइसक्यो, बिचरा…”
“अस्ति बुडियाले कचकच गर्दै थिइ,हाउ मैला! ! कुन दिन यो तोकमा भाच्चिएर भारीसँग तमोरमा खस्लाउ है!”तर किन हो आफ्नो मन मान्दैन यसको दाउरा बाल्न।”

साइँलाको मनको तर्कनाले किनारा नभेट्दै अचानक”कर्याक्क” आवाज आयो अनि एक सूरमा हिडिरहेको साइला लखडाउदै हुत्तिएर भारीसंगै तमोरमा खस्यो,, छप्ल्याङ्ग!
बाटोमा भाँच्चिएको तोक्माको खिइएको तलुवासंगको तल्लो भाग मात्रै लडिरहेको थियो। उनकी श्रीमतीले त्यै हेरेर आफ्नो लोग्ने चिनुन भनेर नियतिले जाल रचे जसरी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here