सरकार पक्षधर र आन्दोलनकारीहरु मैदानमा, झडपको संभावना बढ्दो..

प्रकाशित मिति
0
497

क्यारी लाम सरकार द्वारा निलम्बन गरिएको प्रस्तावित सुपुर्दगी कानुनलाई पुनः ब्युँताउने माग राख्दै आज सरकार समर्थक समूहलेआज वान्चाई पुलिस हेड क्वार्टरमा र्‍याली गरे । उनीहरुले लोकतन्त्र पक्षधर नेताहरुले दंगा भड्काएको आरोप लाउँदै पुलिसलाई अनुसन्धान गर्न माग राखे ।उनीहरुले चीनको राष्ट्रिय झन्डा फहराउँदै दंगाकारीहरुले संपूर्ण हङकङको प्रतिनिधित्व नगर्ने बताए । लगभग ३० जनाको समूहले स्टार फेरीमा चिनियाँ झन्डा फहराउँदै चीनको राष्ट्रिय गान गाएको बताइन्छ ।

सरकार समर्थकहरु
आन्दोलन समर्थक वकिलहरु!

हिंजो मध्यान्न सरकारको विरोध गर्दै ३ हजार वकिलहरु मौन जुलुस गर्दै सडकमा ओर्ले । सरकारले गिरफ्तार गरेका ब्यक्तिहरुलाई मुध्दा दायर गर्दा भेदभाव गरेको आरोप उनीहरुले लगाए । आन्दोलनकारीलाई ‘दंगाकारी’को आरोप लगाइएको बताइन्छ भने युनलोङ काण्डका अभियुक्तहरुलाई ‘गैरकानुनी भेला भएको ‘ अभियोग मात्रै लाएको बताए ।

बापटिस्ट युनिभर्सिटीका विद्यार्थी नेता किथ फोङलाई लेजर लाइट किनेर बोकेको आरोपमा पक्राउ गरिएकोमा हिंजो राति चि सा चुई मा लेजर लाइटका साथ विरोध भेला गरे । आज विद्यार्थी नेतालाई पुलिसले रिहा गरेको समाचार छ ।


अगस्ट ९ देखि ११ सम्म एयरपोर्टमा, १० तारिख शनिबार ताइपो र वोङ ताइ सिनमा र ११ तारिख आइतबार साम सुइपो र इस्ट आइल्यान्डमा र्‍यालीको कार्यक्रम तय गरेका छन् । १२ तारीख सोमबार बिहानैदेखि एम टि आर अवरोध गर्ने कार्यक्रम पनि रहेको बताइन्छ ।

यसैबीच चीनले बेइजिङ पक्षधर पार्टीका नेताहरुलाई सेन्जेनमा भेला गरी आन्दोलनको विपक्षमा ठोस कार्यक्रमहरु आयोजना गर्न निर्देशन दिएको समाचार छ । लगभग गुपचुप रहन थालेकी चीनले १००% समर्थन दिएको सरकार प्रमुख क्यारी लाम पनि सार्वजनिक कार्यक्रममा सरिक हुन थालेकी छिन् ।हिंजो बुधबार उनले तिन सु वाई भ्रमण गरी घाइतेँ पुलिस र स्थानीयहरुलाई भेटेको बताइन्छ ।

क्यारी लाम

यो सप्ताहान्तमा हुने जुलुसलाई प्रतिरोध गर्न फुजियान गिरोह मैदानमा उत्रिने हल्ला बजारमा चलेको छ । गत हप्ता नर्थ प्वाइन्टमा फुजियान गिरोह र आन्दोलनकारीबीच झडप भएको थियो ।

आन्दोलनकारी र सरकार दुवै पक्ष द्वन्द्व शान्तिपूर्ण तवरमा समाधान गर्ने बाटो खोज्नुको सट्टामा शक्ति प्रदर्शन तर्फ उन्मुख देखिन्छ, त्यसैले हङकङ समस्यामा फस्दै गएको छ । कुनै पक्षमा नलाग्ने हो भने चैं बच्चाहरुको समर होलि डे पनि चलिरहेको यो बेला छुट्टी मनाउनु नेपाल जानु पो बेस होला, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here