सरकार कसैको मृत्यु नभएको बताउँछ, आन्दोलनकारी मृतकको नाममा फूल चढाउँछन् ..

प्रकाशित मिति
0
1492

हस्पिटल अथोरिटीका सिनियर मेनेजर एन्डी कुङले गत ३१ अगस्टमा प्रिन्स एडवार्डमा पुलिस कार्यवाहीमा कसैको ज्यान नगएको बताएका छन् । उपचारको लागि भर्ना गरिएका ७ जना उपचारपछि डिस्चार्ज भएको उनले बताएका छन् । एम टि आर कर्पोरेसनले सिसिटिभी फोटोहरु सार्वजनिक गर्दै उक्त दिन मात्रै ७ जना घाइतेँ भएका र तिनलाई उपचारको निम्ति पुलिसको विशेष अनुरोधमा संचालित ट्रेनमा लाइ चि कोक लगिएको पुष्टि गरेको छ । दंगा पुलिस आएको आधा घन्टा पछि ११ः२० मा प्यारामेडिक्स टोली आएको र घाइतेँहरुलाई ०ः५४ बजे ट्रेनमा राखेर १ः३५ बजे लाइचिकोकमा निकालेको फोटोहरुमा देखिएको छ । एम टि आर अधिकारीले उक्त दिन २ सिसिटिभी क्यामेरा फुटाइएको बताएका छन् भने यात्रुहरुको गोपनीयता हकको हनन हुने भन्दै भिडियो सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

प्यारामेडिक्सले सुरुवातमा १० जना घाइतेँ बताएर पछि ७ जना बताएको थियो, जसकारण ३ जनाको मृत्यु भएको हल्ला जनमानसमा फैलिएको थियो । प्यारामेडिक्सले भूलवश गलत तथ्याङ्क दिएको बताएको छ तर उक्त दिन पत्रकारहरुलाई घुस्न नदिई कार्यवाही गरेकोले हल्लालाई बल पुगेको थियो । मानिसहरुले प्रिन्स एडवार्ड स्टेसनमा अज्ञात मृतकहरुको नाममा फूल चढाउँदै एम टि आरलाई सिसिटिभी फुटेज सार्वजनिक गर्न तीब्र दबाब दिइरहेका थिए ।

गत ३१ अगस्ट राति मंकोक प्रहरीलाई ढुंगामुढा गरी भागेको भन्दै दंगा प्रहरीले प्रिन्स एडवार्ड एम टि आर स्टेसनमा घुसेर लाठी चार्ज, पेपर स्प्रे गरेको थियो । सरकार कसैको मृत्यु नभएको बताउँछ, आन्दोलनकारी मृतकको नाममा फूल चढाउँछन् , हामी कसको कुरा पत्याउने होला, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here