सरकारले भन्यो हाइकिङ नजानुस्…

प्रकाशित मिति
0
54

टाइफुनको कारण गएको पहिरोले गर्दा धेरैजसो हाइकिङ ट्रेलहरु अवरुध्द भएकोले हङकङको कृषि, मत्स्य तथा संरक्षण विभागले हाइकरहरुलाई हालको समयमा हाइकिङ नगर्न सुझाव दिएको छ ।
टाइफुनले गर्दा सर्प र विषालु कीराहरु वासस्थानबाट विस्थापित भएका कारण आक्रमक हुन सक्ने बताइन्छ ।

त्यस्तै टाइफुन माङखुतपछि एक्कासी मौरीले चिलेर अस्पताल जानेहरुको संख्या बढेको समाचार छ ।

टाइफुनले घार भत्काइदिएपछि माहुरीहरु आक्रमक बनेको हुनसक्ने अनुमान गरिएको छ ।
ताइ पो स्थित एलिस हो अस्पतालका एक डाक्टरका अनुसार सोमबार र मंगलबार २ दिनमा मात्रै २० जना चिलाईको लागि उपचार गराउन अस्पताल आए ।

कतै ओलीका अरिंगालहरु हङकङ त आएनन्?

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here