सरकारले आन्दोलनकारीलाई क्षमा दिन सक्ने, सि ले भने ‘जनसंवाद बढाऊ’

प्रकाशित मिति
0
2227
यो मुस्कानमा कति पींडा छ..

RTHK को स्रोतले जनाए अनुसार पक्राउ परेका आन्दोलनकारीहरुलाई माफी दिने बारे संभाब्यता अध्ययन भइरहेको छ । तर आन्दोलनकारीहरुले चाहे जस्तै आम माफी नभइकन कानुनले दण्ड सुनाइसकेका अभियुक्तहरुलाई केस अनुसार चीफ एक्जिक्युटिभले सजाय माफ गराउने बारे छलफल भइरहेको बताइन्छ । ब्यक्तिगत रुपमा चीफ एक्जिक्युटिभले निर्णय नगरी सामूहिक छलफलद्वारा के कस्ता अपराधलाऐ क्षमादान दिने भन्ने मापदण्ड निर्माण गरिने बारे छलफल भइरहेको बताइएको छ ।

बेसिक ल को धारा ४८ मुताबिक न्यायलयले सजाय दिइएका अभियुक्तलाई चीफ एक्जिक्युटिभले माफी दिन सक्ने प्रावधान रहेको बताइन्छ । चीफ एक्जिक्युटिभको कार्यालयले त्यसखालको प्रावधान बेसिक ल मा रहेको प्रतिक्रिया दिएको बताइन्छ तर त्यसको मतलब अपराधीहरुलाई माफी दिइनेछ भन्नेबारे आश्वस्त नहुन पनि ध्यानाकर्षण गरेको छ ।

४ माग बाट सुरु भएको आन्दोलनको मूल माग “सुपुर्दगी कानुन प्रस्ताव” खारेज भइसकेको छ, क्यारी लामको राजीनामा थपेर ५ माग बनाएका आन्दोलनकारीको “आन्दोलनकारीको आममाफी” पनि पूरा होला के त?

यता यस्तो छलफल भइरहँदा उता संघाईमा क्यारी लामले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग हिंजो भेटवार्ता गरेकी छिन् , चिनियाँ राष्ट्रपतिले लाम सरकारको कार्यलाई सह्राना गर्दै उनीप्रतिको विश्वास नडगेको दोहोर्‍याएको बताइन्छ । चीनले लामलाई अपदस्थ गर्ने हल्ला चैं हल्लामै सीमित हुन पुगेको छ । सामुदायिक छलफल र जनतासँग संवाद गर्ने कामलाई बढावा दिने सुझाव पनि सि ले दिएको बताइन्छ ।

आन्दोलन चलेको ५ महिनामा लामले हालसम्म १ पटक जनसंवाद गर्न वान्चाईको क्विन एलिजाबेथ स्टेडियममा इच्छुक २० हजार मध्येबाट छनोट गरिएका १५० नागरिकलाई भेटिन्, उपस्थित मध्ये ३० जनालाई मात्र प्रश्न सोध्न दिइएको उक्त कार्यक्रममा धेरैले सरकारप्रति रोष प्रकट गर्दै कटु आलोचना गरेका थिए भने सरकारको समर्थन गर्ने केही नागरिकहरु सादा पोशाकका पुलिस रहेको हल्ला चलेको थियो । सुरक्षाको कारणले कार्यक्रम सकिएको ४ घन्टा पछि बिहानको साढे १ बजे मात्रै उनले स्टेडियम छोड्न सकेकी थिइन् ।

आन्दोलनकारीहरुले समाजलाई असुरक्षित बनाइरहेको भन्दै सरकारलाई समर्थन गर्ने महिला र यो पुलिस अफिसर एकै हुन त?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here