सरकारको पक्ष र विपक्षमा लाखौंको भेला, लिका सिं को कविता!

प्रकाशित मिति
0
900

यो सप्ताहान्त पनि सरकारको विरोध र समर्थनमा भेला र प्रदर्शनहरु भए तर कुनै झडप भएन । हिंजो आइतबार भिक्टोरिया पार्कमा १७ लाख जनता विरोध कार्यक्रममा सहभागी भएको बताइन्छ ।


तर गत हप्ता हङकङ एयरपोर्टमा जासुस भएको आशंकामा २ मेनल्यान्ड चाइनिजमाथि गरिएको हिंसात्मक हमलाले आन्दोलनकारीहरुको विश्वब्यापी रुपमा नकारात्मक सन्देश दिएको भन्दै उनीहरुले अनलाइन फोरमको छलफलमा विरोध कार्यक्रमहरु शान्तिपूर्ण गर्ने सल्लाह गरेको बताइन्छ ।

शनिबारको सरकार विरोधी जुलुस

शनिबार हुङ होम देखि तुकावानसम्म शिक्षकहरुको जुलुसमा २२ हजार सहभागी भएको बताइन्छ । तुकावानमा जुलुस समापन भएपछि आन्दोलनकारीहरुले नाथन रोड जाम गर्दै मंकोक स्टेशन घेराउ गरे पनि प्रहरीले बल प्रयोग गर्नु अगावै उनीहरु भागेको बताइन्छ ।

शनिबारको सरकार सरमर्थकको भेला

शनिबारै हङकङको तामार पार्कमा सरकारको समर्थनमा ४ लाख ७६ हजार जनता भेला भएको बताइन्छ । हङकङका धनाढ्य ब्यापारीहरुको समेत उपस्थिति रहेको उक्त भेलामा चिनियाँ राष्ट्र गान गाइनुको साथै चलिरहेको आन्दोलनको विरोध गरिएको थियो । उपस्थित बिज्नेस टाइकुनहरुमा वार्फ होल्डिङ्स , सिमाओ , सन हुम्काई, आदिका नेताहरु रहेको बताइन्छ । क्याथे प्यासिफिकको प्रमुख पदबाट आन्दोलनलाई समर्थन गरेको अभियोग लागेका रुपर्ट
होगले राजीनामा दिएका छन् । क्याथेका कर्मचारीहरु आन्दोलनमा सक्रिय सहभागी भएको भन्दै चीनमा उक्त एयरलाइन्सलाई सामाजिक बहिष्कार गरिएको थियो , जसले गर्दा कम्पनीको सेयर विगत १० वर्षमा सबैभन्दा कम मा झरेको बताइन्छ ।

‘हिंसा रोक!’ तर हिंसा कसले गरिरहेको छ ? सरकारले कि आन्दोलनकारीले?

यस्तो बेलामा हङकङका ब्यापार सम्राट लि का सिं ले कसको पक्षमा बोल्छन् के भन्छन् भनेर चासो सर्वत्र रहने नै भयो, उनले भने लाक्षणिक भाषाको प्रयोग गरेका छन् । उनले छापेका २ विज्ञापन सन्देशमा १ मा “स्टप भ्वाइलेन्स्’ लेखिएको छ भने अर्कोमा प्राचीन चिनियाँ कविताको अंश उदधृत गरिएको छ
” लहरामात्रै रहनेछ
, हुङथाइको खरबुजा
फेरि टिपिन सकिने छैन”

“हुङ थाइको खरबुजा फेरि टिपिन सकिने छैन” तर बारम्बार खरबुजा टिपेर बोट रित्तो कसले पार्दैछ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here