सबटाइटल सहित “वा दिल मै वा” नेपाल भाषाको भिडियो

प्रकाशित मिति
0
332

लामो समयदेखि हङकङमा बसोबास गरिरहेका कलाकार कृष्णभक्त महर्जन र उनकी गायिका छोरी सोनम महर्जनको स्वरमा
सजिएको नेपाल भाषाको गीत “वा दिल मै वा” बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

मोडलिङ जगतमा स्थापित कलाकारहरु निराजन र रक्षाको मुख्य भूमिका रहेको यस भिडियोमा रक्षाले दिलमै को निराजनले सुकदाइको
भुमिका निर्वाह गरेका छन् । हालका ब्यस्त निर्देशक सोनम पाख्रिनले निर्देशन गरेको भिडियोलाई निकेश र राजेश महर्जनले खिचेका छन् भने
संपादन ब्रिजेश पौडेलको रहेको छ । नेवारी परम्परागत भेषभूषासँगै ८० को दशकको फेशन मिसाएर आकर्षक नृत्य निर्देशन र
कलाकारहरुको अभिनयले भिडियो रमाइलो बनेको छ ।

“आऊ दिलमै आऊ हाम्रो बहालमा आऊ
तिम्रो मनमा म छु , मेरो मनमा तिमी छौ
तिमी र म मिलेर माया प्रीती लाऊँ”

बोल रहेको यस गीतलाई कृष्णभक्त आफैले शब्द र संगीत रचना गरेका हन् भने हरिशरण सायमीले एरेन्ज गरेका हुन् ।
नेपाल भाषा नबुझ्नेहरुको लागि नेपाली भाषामा सब टाइटल पनि रहेकोले गीतको भाव बुझ्न सजिलो भएको छ ।

तपाईंहरु पनि नेपाल भाषाको यस भिडियो हेरेर मनोरञ्जन लिनुहोस् है, तारेमाम!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here