सन्तति र सम्पत्ती – जुनु राना

0
5

पैसा पैसा पैसा!!
उसले कर्के नजर लगाउदै
औंला मै तिर फर्कायो !

खाउला जस्तै गर्दै झन्झन् घुरेर हेर्यो!
लौ अब पड्किन्छ कि जस्तो रातै भो
फेरि भन्न थाल्यो !

हैन!
त हङकङ आएर कहाँ कहाँ जग्गा किनिस हँ ?
तैले कुन कुन बैंकमा पैसा ब्याजमा लगाईस् हँ ?

ल ठिक छ अरु भन!
तैले कुन कुन शहरमा घर किनिस्
काठमाडौ कि पोखरा कि बाग्लुङ
कि नारायणगढमा घडेरी लिईस् ?

कि कतै तेरो अआफ्नो मान्छेको
नाम मा पैसा राखिस ??

ए लौ मुख होकि त्यो एफएम हो?

बोल्या बोलै गर्छ ।
एफएम होईन अझ त्यो अटोमेटिक घडिको सुई हो कि?

हङकङमा बस्छस!
डलरमा खान्छस डलर नै खान्छौ
नेपाल त भुलिस् क्यारे!

जेठ सुरु नहुदै झरिले बढेको खोलामा पौडेको पनि त भुलिस् है?
तँ कत्ती क्यारेमबोर्ड खेल्थिस त केटाहरु जस्तो!
मैदाको धुलो उडाउदै ट्याक्क ट्याक्क !

बाफ्रे तँ हङकङ गएर शिर देखि पाउसम्म फेरिईस् !
ल ल अब देश र गाउँ नफर्केस् !

के भन्नू र उसलाई जवाफमा। मनमनै सोचमग्न भएँ । चोरेर ढाँटेर आइडी किनबेच तिर लागिएन आफू । डिपेन्डेन्ट आइडी बेच्ने घरघडेरी किन्न पनि चाहिन् । बेसरी ठुला ठुला महत्वाकांक्षी सपनाहरु नै बुन्न जानिन मैले । पैसा नभए बांच्न सकिन्न त । तर पैसा नै सर्बस्व ठानिन र त म अरु जत्तिको पैसावाल हुन सकिन् ।

पैसा पैसा भन्दै आफुले जन्म दिएको छोरिलाई अरुको जिम्मा लगाएर हिड्न सकिन् । जन्म दिएपछि आमाको कर्तब्य पालना गर्दागर्दै यसैमा भुलें । छोरिको कलिला हात समाएर स्कुल देखि अस्पताल देखि पार्क सम्म आफैले हिडाएँ । मलाई आमा हुनुको अनुभुति र आमाको कर्तब्य निभाउनु थियो । अँ यसबिच पैसाको जरुरत नपर्ने कहाँ होर् ?

हामी मान्छेको बानी होनि।।
कि पैसा थोरै छ भने पनि त्येही अनुसार को लवाईखवाई देखि खर्छ व्यबहार चलाईन्छ! बेस्सरी पैसा छ भने त्येस्तै अनुशारको व्यबहार गर्छौ । सत्य यहि हो ।

मलाई आफ्नो खुशीको लागि छोराछोरि प्रती बाबुआमाको कर्तब्य भुल्दा छोराछोरीले बाटो बिराएपछी पछुताएका अभिभावक हुनु थिएन । मन्जुर नै थिएन कि मेरो छोरी लाई अरु कसैले हेपेर बोलोस वा कसैले दुरब्याबहार गर्दै उसको जिवनकाल सम्म असर गर्ने घटनाहरूको सामना गर्न परोस् ।

त्येसैले सखा!
मैले स्वास्थ र स्वच्छ मानसिकता भएको सन्तती निर्माणमा लागेँ र पैसा कमाईन! मैले पैसा छ म सँग भन्ने धमन्ड गर्न सिक्न कहिले सकिन । किन कि एक महिनासम्म पसिना बगाएपछी आउने तलब फेरि अर्को महिना नबित्दै सकिसकेको हुन्छ जब छोराछोरी आफ्ना साथमा हुन्छन् । उनीहरुलाई आवश्यक पर्ने गासबास कपास सबैको पैसा तिर्नु आमाबाबुको कर्तब्य होनि अरु कसैको होईन! कसैले गरिदिने होईन!

अब भन!
कसरी तिम्ले भनेको बैंकमा पैसा लुकाउ र? अनि ती शहरमा घडेरी किन्न सकौं त?

अं ! अब मेरा लागि मेरो घडेरी मेरो बैंक सबै मेरो सन्तान हुन् ।मैले कमाएको यहि हो । दैब दायाँ छन् ।उनिहरु निरोगी र स्फुर्त र स्वास्थ मनस्थितीका छन् । अब भने मलाई सघाउने बन्दैछन । बिसंचो भएको बेला औषधि र पानि पिउन दिने सम्म भैसकेका छन् । भोक लाग्दा केही खान बनाईदेउ भन्दा दिन सक्ने भएका छन् । घरको केही चिज सकिए किनेर ल्याउन सक्ने भएका छन् ।

अब भने बल्ल मैले पनि सम्पत्ति कमाउँने संकेत देख्दैछु ! र भबिस्यमा मैले पछुतो मान्नुपर्ने छैन कि मैले छोराछोरिलाई दिने समय दिईन भनेर । किन कि पैसा त शरीर रहे बल रहेसम्म कमाउन सक्नेछु ।तर बिगि्रएको सन्तान पैसाले कहाँ बनाउन सकिन्छ र?

र आफू जन्मेको जन्मभुमि कसले भुल्न सक्ला र? अझ बाल्यकालमा सुनौला यादहरु त झन्झन् जति जति उमेर बढ्दै छ उति उति गाढा भएर बस्दैछ । कती स्वतन्त्र थिए ती पल । त्येतिबेला आफुपनी आमाबाबुको लाडप्यारले मात्तिदै हिडिन्थ्यो । केटि भए पनि हेडमास्टरकी छोरी भन्ने रवाफ देखाउदै कत्ती जना क्लासमेट साथिलाई कुटपिट गरेको याद छ । अनि कहाँ गयो होला त्यो काले, जसलाई बेस्सरी सताउथें कक्षामा । कहिले कपाल तानिदिने कहिले शर्टमा हिलो लगाइदिने … कम्ता बदमासि गरिएन र ..

ती अनेकौं पल निकै अविस्मरणीय छन् । र सबैको होलान् ।

र मैले कमाएको धन मध्य ती यादहरु पनि त हुन। जसलाई जिवनको आधा उत्तारार्धमा समेत भुल्न सकेको छैन ।

त्येसैले पैसा पैसा नभन है!
पैसा कमाउने हो तर सबै भुलेर पैसा कमाउने होईन ! पैसामा बेच्ने इमान इमान होईन! घर र स्वास्थ परिवार नै पहिलो सम्पत्ति हो । जसलाई पैसा संग तुलना गरिन्न नि त । तर अब म पनि पैसा कमाउदै छु है छोराछोरी हुर्किसके नि त !

– जुुुुनु राना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here