संसारको सबैभन्दा छिटो मान्छेलाई चिन्नुस्

प्रकाशित मिति
0
88

bolt

“खेलकुदको कुरा गर्दा जब मानिसहरु मोहम्मद अली, पेले, माइकल जोर्डन जस्ता खेलाडीहरुको नाम लिन्थे, एकदिन मेरो नाम पनि लिइदिऊन् भन्ने मेरो भित्री इच्छा थियो”, जमैकाका धावक उसेन बोल्टले टेलिग्राफलाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए । र, अब उनको इच्छा पूरा भएको छ, जब कहिल्यै एथ्लेटिक्सको कुरा हुनेछ, थन्डर बोल्ट (चट्याङ)को उपनाम पाएका उसेन बोल्टको नाम आउनेछ । किन?

– उनी संसारको सबैभन्दा तेज दौड्ने मान्छे हुन् । सन २००९ मा बर्लिनमा १०० मिटर दौड ९.५८ सेकेन्डस् मा पूरा गरेर उनले विश्व कीर्तिमान राखेका छन् ।
– २ सय मिटरको दौड र ४ सय मिटरको रिले दौड प्रतियोगितामा पनि उनकै वर्ल्ड रेकर्ड छ ।
– १०० मिटर दौडमा ३ वटा ओलम्पिक्स (लन्डन, बेइजिङ र रियो)मा लगातार ३ स्वर्ण जितिसकेका छन् ।
– २०० मिटर दौड र रिलेमा समेत गरेर हालसम्म ७ वटा स्वर्ण पदक हथ्याइसकेका छन्, जुन एथ्लेटिक्समा कुनै खेलाडीले जितेको मध्ये सर्वाधिक हो । उनको स्वर्ण रियोमा ९ हुन सक्ने संभावना छ।

रियोको १०० मिटर प्रतिश्पर्धामा भिड्दा दर्शकले उसेन बोल्टको पक्षमा चियरिङ् गरे भने उनको प्रतिश्पर्धी रहेका अमेरिकी धावक जस्टिन ग्याटलिनको विरोध पनि गरे । २ पटक डोपिङ काण्डमा परेका जस्टिन ग्याटलिनले यस पटक पनि डोपिङ प्रविधिलाई छलेर भाग लिन सफल भएको भन्ने आलोचकहरुको भनाइँ थियो । त्यसैले खेलकूदलाई स्वच्छ राख्न पनि स्वच्छ छवि भएका उसेन बोल्टले जितोस् भन्ने खेलकूदप्रेमीहरुको चाहना थियो, उसेन बोल्टले समर्थकहरुलाई निराश हुन दिएनन् – ग्याटलिनको हारसँगै डोपिङको हार भयो। । १ मिलिसेकेन्ड भन्दा कमको अन्तरमा भए पनि जस्टिन ग्याटलिनलाई उछिन्न सफल भए ।

 

खुट्टाको नशा नराम्ररी च्यातिएर १ सय मिटर ९.८८ सेकेन्डस् भन्दा तेज दौडिन नसकिरहेका उसेन बोल्टले रियोको प्रतिश्पर्धा ९.८१ सेकेन्डस् मा पूरा गरे भने जस्टिन ग्याट्लिनले ९.८९ सेकेन्डस् मा पूरा गरे । दौड पूरा गरेको ५ मिनेट भित्रै ट्विटरमा लेखे “जाग जमैका, यो पदक तिम्रो लागि हो”, “उसेन बोल्ट जति छिटो दौडन सक्छन्, त्यो भन्दा छिटो ट्वीट् गर्न सक्दारहेछन् ” एक प्रशंसकले प्रतिक्रिया दिए” ।

जेसुकै हो सामन्य परिवारबाट आएका ३१ वर्षे ठिटोको सपना साकार भएको छ, खेलकूदको कुरा गर्दा मान्छेहरु भन्नेछन् – “मोहम्मद अली, पेले, माइकल जोर्डन, उसेन बोल्ट…”

भिडियो: बर्लिनको प्रतियोगितामा विश्व रेकर्ड कायम गर्दै उसेन बोल्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here