शिक्षिकाले विद्यार्थी कुट्दा राजनैतिक हलचल..

प्रकाशित मिति
0
742

आज शुक्रबार ३ वर्षे बालिकालाई छातिमा थप्पड हानेको अभियोगमा कुन्तोङको अदालतमा ४० वर्षे शिक्षिकालाई पक्राउ गरी मुध्दा लगाइएको छ ।

गत सेप्टेम्बर महिनामा उनले चुङ क्वान ओ स्थित चिङ यी ट्रेड एसोसियसन चुङ क्वान ओ किन्डरगार्डेनको ट्वाइलेटमा राम्रोसँग हात नधोएको भनी बालिकाको छातिमा पटक पटक पिटेको बताइएको छ ।उनलाई २ हजार डलर धरौटी लिई बिलमा छोडिएको छ ।

यस अघि त्यस शिक्षिकाले बालबालिकालाई पुलिस र आन्दोलनकारीको खेल खेलाउने भनी कसको परिवारमा पुलिस छ भनेर सोधेको र पीडित बालिकाले आफ्नो बाबु पुलिस भएको बताएपछि उनलाई पुलिसको भुमिका दिएको हल्ला
ब्यापक रहेको थियो । पीडित बालिकाकी आमाको भ्वाइस रिकर्ड भनी प्रचार भएको त्यो बयान उनैको हो होइन भन्ने यकिन भइसकेको छैन तर इन्टरनेटमा सल्किएपछि सयौंले विद्यालयमा स्पष्टिकरण माग्दै फोन गरेको बताइन्छ, उक्त बयान गलत अफवाह भएको भनेर विद्यालय प्रशासनले खण्डन गरेको बताएको छ ।

अचेल पनि पहिले जस्तै घटना, दुर्घटनाहरु घटिरहन्छन् तर त्यसलाई तुरुन्तै राजनीतिकरण गरेर मुध्दा आफ्नो पक्षमा पार्न दुवै पक्षहरु लागिपर्दछन् जसले झनै विकराल स्थिति निम्त्याउन सक्छ । त्यसैले हामी पनि सजग बन्ने कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here