शिकारी बराजुु – अ थट एक्सपेेरिमेेन्ट !

0
5

20170127_214555

मेरो बराजु धामी हुनुहुन्थेछ, वहाँ बितेपछि परिवारले शिकारी थान पूज्ने गरेको थाहासम्म पाएको हुँ । आज बुवासँग फोनमा कुरा गर्दा थाहा भयो, गाउँले धामीको अनुसार बराजुले थान सार्ने मनसुबा गर्नुभएछ ।

बुवा उवाच,”पैसाको कुरा होइन, पैसा त मसँगै छ । तर म चाहन्छु यसमा सबैको कन्ट्रिब्युसन् होस् । ताकि मेरो बाजेले सबैलाई आशिक दिऊन् ।”

बराजुले सारिमागेको ठाउँ भिरालो रहेछ, त्यसैले सम्मगम्म मिलाउन, मन्दिर बनाउन इत्यादिमा खर्च लाग्ने रहेछ ।

अनि मैले सोँचें,वर्तमान धामीले ढाँटेको हुनसक्छ ,नढाँटेर सत्य बताएको पनि हुनसक्छ,निम्नलिखित  जम्मा ४ संभावना हुने भए;

१. यदि सत्य रहेछ भने मैले गरेको आर्थिक सहयोग खेर जाँदैन । बूढाले आशिर्वाद देलान् अनि मेरो फलिफाप होला ।

२. यदि यो झूटो रहेछ भने मेरो आर्थिक सहयोग लूट हुनेछ । सबैतिरबाट लुटिइरहेकोमा केही थपिनेछ , त्यति न हो?

३. यदि सत्य रहेछ र मैले दिइनँ भने बुढाले भयानक श्रापै देलान् । डरै हुने भो !

४. यदि झूटो रहेछ र मैले दिइनँ भने म ठगीबाट जोगिने बुध्दिमान ठहरिऊँला । नठगिएकोोमा संतोक हुने मात्रै न हो!

सबै संभावनालाई मध्यनजर गर्दा आफुले विश्वास नमाने पनि बुवाको मन राख्न भए पनि दिनुमै बुध्दिमत्ता हुने देखियो (आर्थिक कारणैले भनेका पक्कैै पनि होइनन् , बुडा मभन्दा हुने-खाने-पिउने  पनि छन 😉 )। मंगलबार जन्मेको भएर मेरो नाम मंगले राख्न खोज्ने मेरो प्यारो बराजुको नाममा रु ५ हजार चढाइदिन बैनीलाई अनुरोध गरें । आफ्नो बाजेको कुरा मानेर मेरो बुवाले मेरो नाम मंगलबहादुर राखिदेको भए आज यस लेखको लेखक एम बि राई हुन्थ्यो होला, हगि? एम बि! नट् ब्याड एट् अल!!!

 

–  रबाखारा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here