शनिबारको जुलुस अस्वीकृत, २ दिने आम हड्तालको घोषणा !

प्रकाशित मिति
0
2698

दि सिभिल ह्युमन राइट्स फ्रन्टले शनिबार सेन्ट्रलमा जुलुसको लागि दिएको आवेदन प्रहरीले अस्वीकृत गरेको छ ।

सुरक्षाको कारण दर्शाउँदै आवेदन अस्वीकृत गरिएको बताइएको छ ।
विगत २ महिनामा फ्रन्टले आयोजना गरेका ३ जुलुस कार्यक्रममा अत्यधिक मानिसको सहभागी रहेको थियो ।
स्वतन्त्र निर्वाचन र पूर्ण लोकतन्त्रको मागलाई बेइजिङले अस्वीकार गरेको ५ औं वर्ष पुगेकोमा उक्त र्‍यालीको आयोजना गरिने भएको थियो ।
प्रहरी प्रशासनले अस्वीकार गरेपछि कार्यक्रम के कसरी बढ्छ फ्रन्टले प्रतिक्रिया दिएको छैन ।

उता २० विभिन्न ब्यवसायीहरुको संगठनका प्रतिनिधि सम्मिलित समूहले सेप्टेम्बर २ र ३ तारीख आम हड्तालको घोषणा गरेको छ ।
उक्त समूहले २ सेप्टेम्बरमा चिम सा चुई र एडमर्ल्टी मा र ३ तारीख सेन्ट्रलमा जुलुसको आव्हान गरेको छ ।
सरकारले आन्दोलनकारीका ५ मागको बेवास्ता गर्दै चलिरहेको आन्दोलनप्रति बेवास्ता गरेको भन्दै शान्तिपूर्ण आन्दोलनको आव्हान समूहको तर्फबाट गरिएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here